करण वाडिया संगै ६८ किलो तौलमा सिनियर तर्फ नेपालगञ्ज–७ डिएसपी रोडका मोहित गुप्ताले स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेसमा गोल्ड मेडल र स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट)मा ब्राउन्च मेडल जित्न सफल भएका छन् । साथै ७६ किलो तौलमा पुरुष तर्फ नेपालगञ्ज–२ घरवारीटोलका सन्तोष काजी शाक्यले सिलवर मेडल जितेका छन् ।
अघिल्लो आर्थिक वर्षमा विभागको वित्तिय प्रगति ६३ प्रतिशत मात्र रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा विभागले कुल ९० दशमलब १० प्रतिशत वित्तीय प्रगति गर्न सफल भएको जनाइएको छ ।
‘सुरुमा हामीले मिहिनेत गर्यौं । दुई पार्टी मिलेर बन्दा गति समातेको थियो । अहिले सरकार बरालिएको छ । अहिले खाली दिन गनेर बसेको जस्तो भएको छ’, उनले भने, ‘आज आइतबार गयो, सोमबार आयो, सोमबार गयो, मंगलबार आयो । एकजनाले बोल्दिएपछि ढल्दैन, ढल्दैन भन्यो । यसकै वरिपरि घुमिरहेको छ । यसबाट सरकारलाई बाहिर निकाल्नु पर्छ, नतिजा दिनुपर्छ ।’
राष्ट्रिय सूचना आयोगले सार्वजनिक निकायमा भए/गरेका काम कारबाहीको सूचनालाई अनलाइन मार्फत उपलब्ध गराउन शुरू गरेको हो ।
पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जलाई केन्द्र बनाएर दुवै जिल्लामा आफ्नो उत्पादनको बजारिकरण गर्ने उद्योगका प्रबन्ध निर्देशक जनक न्यौपानले जानकारी गराए ।
क्लासिक टेकको आफ्नै डेटा सर्भर बाट डेटा कनेक्टिभिटी, नेटवर्क इन्टिग्रेसन, सफ्टवेयर डेभलपमेन्ट, मार्फत आफ्ना ग्राहाकहरुलाई अत्याधुनिक प्रविधि युक्त (आइपीभी सिक्स) उच्चस्तरीय इन्टरनेट, वाईफाई सिक्स प्रविधि भएको राउटर, कन्टेन्ड डिलिभरि नेटवर्क कम्पनीमै होस्ट भएकाले गर्दा थप गुणस्तरीय र बिस्वस्निया सेवा संचालनमा कम्पनि अग्रसर रहेको छ। यसै गरि ३६५ दिन ग्राहक सेवा २४ घण्टा कल तथा १२ घण्टा फिल्ड सेवा दिदै आएको छ।
उनीहरुले भारतबाट सुनका गहना र नगद चोरी गरेर कोहलपुरमा बसेको भन्ने बिशेष सूचनाका आधारमा कोहलपुरबाट प्रहरी निरीक्षक रेशमलाल पौडेलको कमाण्डमा गएको सात जनाको प्रहरी टोलीले उनीहरुको साथबाट १५ तोला २५ (लाल पथ्यर सहित) तील भएका सुनका गर–गहनाहरु, नगद नेपाली रु सात लाख ८७ हजार बरामद गरेको इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रहरी नायव उपरीक्षक (डिएसपी) लक्ष्मी खनालले जानकारी गराइन ।
कृष्णपुर नगरपालिका–१, निगाली टोलमा महिनावारीका समयमा छाउगोठमा बसिरहेकी २८ वर्षीया कमला दमाईंको सर्पदंशबाट निधन भएपछि जिल्ला प्रशासन कार्यालयले छाउगोठ भत्काउनका लागि विशेष अभियान सञ्चालन गर्न निर्देशन दिएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ भने लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेको छ ।
२०३३ साल देखि भेरी अस्पताल परिसरमा नेपाल रेडक्रस सोसाइटीले रक्तसंचार सेवा संचालन गर्दै आएको छ । विगतका वर्ष देखि बिना सम्झौता संचालनमा रहेको रक्तसंचार सेवा आज कानुन रुपमा एक कार्यक्रमका बीच पहिलो पटक सम्झौता भएको हो । सम्झौता पत्रमा भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाह र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले हस्ताक्षर गरी बैधानिकता प्रदान गरेका हुन ।











