३१ असार, कञ्चनपुर । कञ्चनपुर प्रशासनले छाउगोठ भत्काउन स्थानीय तहलाई निर्देशन दिएको छ ।
कञ्चनपुरका नौवटै स्थानीय तहमा छाउगोठ भत्काउन विशेष अभियान सञ्चालन हुने भएको हो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले स्थानीय तहलाई छाउगोठ भत्काउन पत्राचार गरेको हो ।
Advertisement

‘छाउगोठ भत्काई परम्परागत रूपमा चलिरहेको कु–प्रथा उन्मूलन गर्न पालिकाबाट आवश्यक निर्णय गरी कार्यान्वयन गर्न अभियान सञ्चालन गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।
Advertisement
कृष्णपुर नगरपालिका–१, निगाली टोलमा महिनावारीका समयमा छाउगोठमा बसिरहेकी २८ वर्षीया कमला दमाईंको सर्पदंशबाट निधन भएपछि जिल्ला प्रशासन कार्यालयले छाउगोठ भत्काउनका लागि विशेष अभियान सञ्चालन गर्न निर्देशन दिएको हो ।





















टिप्पणीहरू