Close sidebar
  • ताजा
  • लोकप्रिय
  • भारतबाट लुटपाट गरी आएका छ जना कोहलपुरबाट पक्राउ

    ३१ असार, बाँके । भारतबाट धनमाल लुटपाट गरेर आएका छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    सोमबार दिउँसो करिब २ बजेको समयमा कोहलपुर नगरपालिका–११ स्थित होटल न्यु कालिकोटेमा काठा भाडामा लिएर बसेका छ जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको हो ।

    Advertisement

    उनीहरुले भारतबाट सुनका गहना र नगद चोरी गरेर कोहलपुरमा बसेको भन्ने बिशेष सूचनाका आधारमा कोहलपुरबाट प्रहरी निरीक्षक रेशमलाल पौडेलको कमाण्डमा गएको सात जनाको प्रहरी टोलीले उनीहरुको साथबाट १५ तोला २५ (लाल पथ्यर सहित) तील भएका सुनका गर–गहनाहरु, नगद नेपाली रु सात लाख ८७ हजार बरामद गरेको इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रहरी नायव उपरीक्षक (डिएसपी) लक्ष्मी खनालले जानकारी गराइन ।

    पक्राउ पर्नेमा कालिकोट रासकोट नगरपालिका वडा नं. १ का ४२ वर्षिय मन बहादुर शाही, ४२ वर्षिय तेज बहादुर शाही, कालिकोट सान्नी त्रिबेणी गाउँपालिका वडा नं.८ का १८ वर्षिय पंकज के.सी., कालिकोट नरहरीनाथ गाउँपालिका वडा नं. ९ की २८ वर्षिया सरिता शाही, कालिकोट सान्नि त्रीबेणी गाउँपालिका वडा नं.८ का ४५ वर्षिय प्रेम बहादुर खत्री, कालिकोट सान्नी त्रिबेणी गाउँपालिका वडा नं. ८ की ३८ वर्षिया अनिता खत्री रहेको प्रहरीले जनाएको हो ।

    Advertisement

    उनीहरुलाई पक्राउ गरेर आवश्यक अनुसन्धान भईरहेको डिएसपी खनालले बताइन ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »