Close sidebar
  • ताजा
  • लोकप्रिय
  • अब अनलाईन मार्फत सूचना माग गर्न सकिने

    १ साउन, काठमाडौँ । सार्वजनिक निकायमा अब अनलाईन मार्फत सूचना माग गर्न सकिने भएको छ ।

    राष्ट्रिय सूचना आयोगले सार्वजनिक निकायमा भए/गरेका काम कारबाहीको सूचनालाई अनलाइन मार्फत उपलब्ध गराउन शुरू गरेको हो ।

    Advertisement

    आयोगले आज काठमाडौँमा पत्रकार सम्मेलन मार्फत आरटीआई म्यानेजमेन्ट सिस्टमलाई अनलाईन प्रणाली मार्फत उपलब्ध गराउन शुरू गरेको बताएको छ ।

    पहिलो चरणमा सङ्घीय सरकारका मन्त्रालय, संवैधानिक आयोग, विभाग र विभागस्तरका सूचना अनलाईन मार्फत माग गर्न सकिने र सूचना उपलब्ध नगराएको खण्डमा अनलाईन मार्फत नै पुनरावेदन दिन सकिने व्यवस्थाको शुरुआत गरेको आयोगका सूचना आयुक्त एवम् प्रवक्ता गगन विष्टले जानकारी गराए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    1

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »