Close sidebar
  • ताजा
  • लोकप्रिय
  • अब कर्मचारीलाई १५-१५ दिनमा तलब दिइने

    ७ बैशाख, काठमाडौँ । सरकारले अबदेखि सरकारी कर्मचारीहरूलाई अर्धमासिक रूपमा तलबभत्ता उपलब्ध गराउने भएको छ । सरकारले सरकारी कर्मचारीको तलब भत्ता वितरण प्रणालीलाई अर्धमासिक अर्थात १५ /१५ दिनमा उपलब्ध गराउने तयारीमा छ ।

    अर्थ मन्त्रालयले गएको शुक्रबार मन्त्रीस्तरीय निर्णय गरी महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक व्यवस्था मिलाउन भनेको छ ।

    Advertisement

    मन्त्रालय अन्तर्गतको बजेट तथा कार्यक्रम महाशाखाले महालेखा नियन्त्रक कार्यालयलाई पठाएको पत्रमा हालसम्म मासिक रूपमा वितरण हुँदै आएको तलब भत्ता अब अर्धमासिक रूपमा भुक्तानी गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

    अहिलेसम्म सरकारी कर्मचारीहरूले तलब भत्ता मासिक रूपमा एकमुष्ट पाउँदै आएका छन् । प्रस्तावित नयाँ व्यवस्थाअनुसार कर्मचारीहरूले महिनामा दुई पटक तलब पाउनेछन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »