४ साउन, बाँके । थाइल्याण्डको पटायामा १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेस च्याम्पियनसिप सम्पन्न भएको छ ।
बाँकेको नेपालगञ्ज–१२ कोरियानपुरका करण बाडियाले बिश्वका विभिन्न देशबाट आएका खेलाडीहरुलाई पछि पार्दै विश्व च्याम्पियन बनेका छन् । उनले ६० किलो तौलमा सिनियर तर्फ स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेसमा सिलवर मेडल र स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट)मा गोल्ड मेडल जित्न सफल भएका छन् । बाडियाले २२० के जि उचालेर बिश्व रेकर्ड राखेका छन् ।
Advertisement
करण वाडिया संगै ६८ किलो तौलमा सिनियर तर्फ नेपालगञ्ज–७ डिएसपी रोडका मोहित गुप्ताले स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेसमा गोल्ड मेडल र स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट)मा ब्राउन्च मेडल जित्न सफल भएका छन् । साथै ७६ किलो तौलमा पुरुष तर्फ नेपालगञ्ज–२ घरवारीटोलका सन्तोष काजी शाक्यले सिलवर मेडल जितेका छन् ।
प्रतियोगितामा बाँकेबाट ३ जना खेलाडी र अन्य जिल्लाबाट ६ जना खेलाडी गरी नेपालबाट ९ जना खेलाडी प्रतियोगितामा सहभागिता जनाएका थिए ।
Advertisement
प्रतियोगितामा नेपालबाट गएको टिमले ७ वटा गोल्ड मेडल, ५ वटा सिलवर मेडल र ब्राउन्च मेडल २ वटा गरी १४ वटा मेडल प्राप्त गरेको विजेता बाडियाले बताए । टिम ईभेन्टमा नेपाल दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।
वाडिया एक्स्ट्रिम फिटनेस नेपालगञ्ज प्रा.लि.का सदस्य समेत रहेका हुन । वाडियाले यस अघि २०८१ सालमा कजाकिस्तानमा भएको ११ औं वर्ल्ड स्ट्रेन्थ लिफ़्िटंग एण्ड ईन्क्लाइन बेन्च प्रेस चैम्पियनशिप २०२४ मा नेपालबाट स्वर्ण पदक जित्ने खेलाड़ी बनेका थिए ।





















टिप्पणीहरू