Close sidebar
  • ताजा
  • लोकप्रिय
  • प्रधानमन्त्री वालेन्द्र शाह र मुख्यमन्त्रीहरू बीच सामूहिक छलफल

    ३ बैशाख, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज सामूहिक रुपमा प्रदेशका मुख्यमन्त्री सँग छलफल गरेका छन् ।

    प्रधानमन्त्री सचिवालय अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा विकास निर्माणका काम, अहिले भइरहेको ढिलासुस्ती र कारण, सरकारको प्राथमिकता, स्रोत–साधनको समुचित बाँडफाँट सुनिश्चित गर्ने तथा प्रदेशले भोगिरहेका प्रशासनिक र आर्थिक समस्यामा केन्द्रित रहेको थियो ।

    Advertisement

    राष्ट्रिय प्राथमिकताका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेश सरकार बीच आवश्यक सहकार्य थप सुदृढ बनाउन गर्न सकिने प्रयासबारे पनि छलफल भएको छ ।

    Advertisement

    छलफलका कोशी र सुदूरपश्चिम बाहेक पाँच प्रदेशका मुख्यमन्त्री सहभागी भएका सचिवालयले जनाएको छ ।

     

    Advertisement

    संघीय हस्तक्षेप घटाएर प्रदेशको स्वायत्तता सुनिश्चित गर्न मुख्यमन्त्री आचार्यको माग

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »