६ बैशाख, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेले आइतबारका लागि बैठक आह्वान गरेका हुन् ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार दिउँसो ३ः३० बजे बस्ने बैठकमा समसामयिक संगठनात्मक तथा नीतिगत विषयमा छलफल हुने जनाइएको छ ।
Advertisement
बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च तथा विभिन्न विभागहरूको मनोनयनका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
सचिवालय बैठकको प्रस्तावित कार्यसूची :
१. जिल्ला अधिवेशन कार्यविधि २०८३ ।
२. बैंक खाता सञ्चालन सम्बन्धमा ।
३. केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघिय नेतृत्व मञ्च र विभागहरूको मनोनयन ।
४. महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन सम्बन्धमा ।
५. विज्ञहरु, योजनाहरु आब्हान । (ऋबिि ायच भ्हउभचतक, ऋबिि ायच एचयवभअत ष्मभबक)
६. विविध ।
क. प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी सम्बन्धमा ।
ख. केन्द्रीय समिति बैठक सम्बन्धमा ।
ग. संसदीय दलको लागि प्राविधिक सहायता एवं लेवी सम्बन्धमा ।
















टिप्पणीहरू