Close sidebar
  • ताजा
  • लोकप्रिय
  • त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द हुने

    ८ बैशाख, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातको समयमा दैनिक सात घण्टा बन्द हुने भएको छ ।

    पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म राति ११ः४५ देखि बिहान ६ः३० बजेसम्म विमानस्थलको उडान तथा अवतरण बन्द हुने बुझिएको छ ।

    Advertisement

    ‘पेभमेन्ट कन्स्ट्रक्सन वर्क’ कार्यका लागि विमानस्थल बन्द गर्न लागिएको बताइएको छ ।

    विमानस्थलको धावनमार्गको छेउमा रहेको ट्याक्सीवेमा निर्माण जारी छ । सुरक्षाका दृष्टिकोणले रातको समयमा विमानस्थल पूर्ण रूपमा बन्द गरिन लागिएको हो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »