कम्पोष्ट र अर्गानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सञ्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव ल्याउन र माटोको उर्बरता बचाउने किसिमको रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका ल्याउनु प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् ।
वर्तमान सरकार स्थिर भएकाले ढुक्कका साथ काम गर्दै सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्न भूमि समस्या समाधान आयोगका केन्द्र र जिल्लाका पदाधिकारीहरूलाई आग्रह गरेका छन् ।
गत तीन वर्षमा लुम्बिनी प्रदेशमा मात्र १ हजार ९ सय ४ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०८१/८२ मा ५ सय ६ जनाको मृत्यु, ३ हजार ४ सय ७९ दुर्घटना र ५ हजार ६ सय ९१ घाइते दर्ता भएका छन् । अघिल्लो वर्ष २०८०/८१ मा मृत्यु संख्या अझै बढी ५ सय ३७ थियो ।
घरेलु प्रयोगको नाममा सीमापारी रुपैडिहा बजारबाट सामान ल्याउने र सामान भित्रपनि भारी मात्रामा सुर्तीजन्य पदार्थ लुकाएर ल्याउने गरिएको पाइएको हो ।
२१ साउन, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ । अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा अधिकांश बदली रही बाँकी भूभागमा साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेश प्रदेशका एकदुई स्थान […]
पश्चिम नेपालकै पहिलो LINAC मेसिन जडान गरी Radiotherapy सेवा सन्चालनमा ल्याइएको छ । क्यान्सरको उपचारका लागी आउने बिरामीको संख्यामा उल्लेख्य वृद्धी ।
२० साउन, काठमाडौँ । कक्षा १२ को नतिजा गएको वर्ष भन्दा सुधार भएको छ । राष्ट्रिय परीक्षा बोर्डले हिजो सार्वजनिक गरेको कक्षा १२ को नतिजामा गएको वर्षभन्दा यस वर्ष करिब ९ प्रतिशतले नतिजामा सुधार आएको हो । यस वर्ष ६१ दशमलव १७ प्रतिशत विद्यार्थी पास भएका छन् । गएको वर्ष ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी […]
निरीक्षणका क्रममा गृहमन्त्री लेखकले ब्यूरोस्थित विभिन्न शाखाहरूको अनुगमन एवम् अवलोकन गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी समेत लिएका छन् ।
अवधी भाषी समाज र पत्रकारिता क्षेत्रमा उनीहरूको योगदानको कदर गर्दै आज बिहीबार नेपालगञ्जमा हुने ५२८औं तुलसी जयन्ती तथा २६ औं अवधी महोत्सवको अवसरमा सम्मान गरिने आयोजकले जनाएको छ ।
यसले विशेषगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका करिब २५ जिल्लाका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने भएकाले सबैलाई समेटेर प्रधानमन्त्रीको ध्यानाकर्षण आवश्यक भएको बैठकमा औल्याइएको छ । त्यसका लागि नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरिको संयोजकत्वमा पूर्व अध्यक्ष झलक गैरे, नेपाली काँग्रेस बाँकेका सचिव सुधाँशु कोइराला, पत्रकार शरण कर्माचार्य, शंकर खनाल, आशीष गुप्ता र विज्ञ हरि सुवेदी सदस्य रहेको अध्ययन प्रतिवेदन निर्माण समिति गठन गरिएको छ ।











