Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सरकारमा बस्ने दिन गनेर समय खेर नफाल्न गगन थापाको सुझाव

    फाइल तस्बिर

    १ साउन, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारमा बस्ने दिन गनेर समय खेर नफाल्न सुझाएका छन् ।

    कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले योजनावद्ध भएर काम गर्नुपर्ने बताएका छन् । उनले सरकारका लागि २०८४ अघिका एक–एक दिन महत्वपूर्ण रहेको र त्यसको सदुपयोग गर्न सक्नुपर्ने बताए ।

    Advertisement

    उनले सम्बोधन गर्दै भने, ‘२०८४ सालसम्म हामी नेपालको लार्जेस्ट पार्टी छौँ । अहिले हामी सरकारमा छौँ । यो दुई वर्ष खेर फाल्ने सुविधा हामीसँग छैन । बेलाबेला प्रधानमन्त्रीज्यूले के भनेको सुन्छु भने– अब एक वर्ष म हुन्छु । त्यसपछि कांग्रेसलाई हस्तान्तरण गर्छुु । हिसाब–किताबबारे अब कुरा नगरौँ । सरकार दिन गनेर बस्नलाई हो र ? हामीले हाम्रो पालो आयो भनेर औँला भाँच्दै बस्ने हो र ?’

    ‘सुरुमा हामीले मिहिनेत गर्यौं । दुई पार्टी मिलेर बन्दा गति समातेको थियो । अहिले सरकार बरालिएको छ । अहिले खाली दिन गनेर बसेको जस्तो भएको छ’, उनले भने, ‘आज आइतबार गयो, सोमबार आयो, सोमबार गयो, मंगलबार आयो । एकजनाले बोल्दिएपछि ढल्दैन, ढल्दैन भन्यो । यसकै वरिपरि घुमिरहेको छ । यसबाट सरकारलाई बाहिर निकाल्नु पर्छ, नतिजा दिनुपर्छ ।’

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »