दिवसका अवसरमा नेरेसो बाँके शाखाद्वारा खुला रक्तदान कार्यक्रम र शाखा अर्न्तगत रहेका १७ वटा उपशाखाहरुले सन्देश मुलक कार्यक्रमको आयोजना गरि दिवस मनाएका छन् ।
२३ बैशाख, काठमाडौँ । वीर अस्पतालले एक वर्षमा छ लाख बढी बिरामीलाई सेवा प्रवाह गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको २३ औँ स्थापना दिवसका अवसरमा मङ्गलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक प्राडा.दिलिप शर्माले यस्तो बताएका हुन । उनका अनुसार अस्पतालले एक वर्षमा छ लाख ३५ हजार २८६ बहिरङ्ग विभाग, ३६ हजार […]
नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा) लुम्बिनी प्रदेशले विभिन्न माग समेटिएको ७ बुँदे ज्ञापनपत्र मुख्यमन्त्रीलाई बुझाएको छ । संघकी प्रदेश अध्यक्ष सुनिता शर्माको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले २०४६ सालदेखि कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरूले अझै पनि सेवा दिइरहेकाले प्रोत्साहनका लागि सरकारले नीति निर्माण गर्नुपर्ने माग राखेको हो ।
देशका केही स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रहरीले ट्रामाडोल ७ सय ९५ ट्याब्लेट, एन्टिकफ ४ सय ७० ट्याब्लेट र डाईक्लोमिन ३ हजार ९ सय ८० ट्याब्लेट बरामद गरेको हो ।
उनको घटनास्थलमा नै मृत्यु भएको थियो । ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिइएको छ ।
उनी छात्रावासको कोठामै मृत फेला परेको भारतीय प्रहरीले जनाएको छ । प्रिसा स्नातक तह प्रथम वर्षमा अध्ययनरत थिइन् ।
आज बिहान करिब १० बजेको समयमा लागेको आगो दमकल, सशस्त्र प्रहरी तथा अस्पतालका कर्मचारीहरुको संयुक्त प्रयासमा एक घण्टामा नियन्त्रण भएको अस्पताल समिति अध्यक्ष विरेन्द्र शाहले जानकारी गराए ।
विदेशमा कार्यरत क्यान्सर रोग विशेषज्ञ, नेपाली व्यवसायी, क्यान्सरबाट परिवारका सदस्य गुमाएका व्यक्ति, क्यान्सर सर्भाइभर तथा अन्य व्यवसायीहरूको संयुक्त लगानीमा अस्पताल निर्माण कार्य सुरु गरिएको हो ।
‘मैले उहाँ (मोदी) सँग कुरा गरे र पहलगाम आतंकवादी हमलामा भएको ज्यान गुमाउनेप्रति गहिरो समवेदना व्यक्त गरेँ,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यस्ता जघन्य कार्यहरू विरुद्ध भारतसँग नेपालको अटल ऐक्यबद्धता दोहोर्याएँ ।’











