२३ बैशाख, काठमाडौँ । वीर अस्पतालले एक वर्षमा छ लाख बढी बिरामीलाई सेवा प्रवाह गरेको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको २३ औँ स्थापना दिवसका अवसरमा मङ्गलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक प्राडा.दिलिप शर्माले यस्तो बताएका हुन ।
Advertisement
उनका अनुसार अस्पतालले एक वर्षमा छ लाख ३५ हजार २८६ बहिरङ्ग विभाग, ३६ हजार १२२ जनाले आकस्मिक सेवा लिएका छन् ।
अस्पतालका अनुसार भर्ना भई उपचार लिएका बिरामीको सङ्ख्या २० हजार ८९९ छ ।
२२ हजार १८८ शल्यक्रिया प्रदान गरिएकोमा पाँच हजारभन्दा बढी ठुला सर्जरी गरिएको छ ।
Advertisement
अस्पतालबाट सेवाग्राहीले आठ हजार ३९७ एमआरआई, १८ हजार ५९ सिटी स्क्यान, ८६ हजार ६०७, एक्स्रे, ६३ हजार २३ अल्ट्रासाउन्ड, यामोग्राम एक हजार ३६ जनाले सेवा लिएका छन् ।
टिप्पणीहरू