Close sidebar
  • ताजा
  • लोकप्रिय
  • इरानी सेनाको नियन्त्रणमा रहेका अमृत झा रिहा

    ३ बैशाख, काठमाडौँ । इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झा रिहा भएका छन् ।

    परराष्ट्रमन्त्री शिशिर खनालले सामाजिक सञ्जाल मार्फत जानकारी गराउदै झा इरानको मानार्थ महावाणिज्य दूतावास र कतार दूतावाससँग सम्पर्कमा रहेका बताएका छन् ।

    Advertisement

    झालाई आवश्यक प्रक्रिया पूरा गरी नेपाल फर्काउनको लागि दूतावासबाट आवश्यक पहल भइरहेको समेत परराष्ट्र मन्त्रालयले जानकारी दिए ।

    उदयपुरका झालाई तेल लिन जाने क्रममा इरानी सुरक्षाकर्मीले हर्मुज नजिकै रहेको समुन्द्री आइल्याण्ड केशनबाट चैत पहिलो हप्ता पक्राउ गरेको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »