Close sidebar
  • ताजा
  • लोकप्रिय
  • भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागी नियन्त्रणमा

    १३ बैशाख, बाँके । नेपालगञ्ज स्थित भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

    Advertisement

    आज बिहान करिब १० बजेको समयमा लागेको आगो दमकल, सशस्त्र प्रहरी तथा अस्पतालका कर्मचारीहरुको संयुक्त प्रयासमा एक घण्टामा नियन्त्रण भएको अस्पताल समिति अध्यक्ष विरेन्द्र शाहले जानकारी गराए ।

    आगलागीबाट भएको क्षतिबारे अध्ययन भईरहेको र विद्युत सर्टसर्किटका कारण आगो लागेको हुन सक्ने आकंलन गरिएको छ ।

    Advertisement

    अध्यक्ष शाह अनुसार स्टोरको दुई वटा कक्षमा आगलागी भएको र जानकारी पाउन साथ सक्रिय भएको हो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »