१९ बैशाख, काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसा स्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को छात्रावासमा मृत भेटिएकी नेपाली छात्रा प्रिसा साहको विषयमा छानबिनका लागि कूटनीतिक पहल गरेकी छन् ।
मन्त्री डा. राणाले घटना लगत्तै परराष्ट्र मन्त्रालयले भारत र ओडिसा सरकारका उच्च अधिकारी र दिल्लीस्थित दूतावास मार्फत् घटनाको छानबिनका लागि कूटनीतिक पहल थालेको जानकारी गराएकी छन् ।
Advertisement
परराष्ट्रमन्त्री डा. राणाले फेसबुकमा लेखेकी छन्, ‘परराष्ट्र मन्त्रालयले घटना लगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारी र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको छ ।’
उनले अगाडि थप लेखेकी छन्, ‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टेल कोठामा मृत भेटिएको घटनाले निकै मर्माहित बनाएको छ। प्रिसाको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा उनको परिवाजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
Advertisement
उनी छात्रावासको कोठामै मृत फेला परेको भारतीय प्रहरीले जनाएको छ । प्रिसा स्नातक तह प्रथम वर्षमा अध्ययनरत थिइन् ।
टिप्पणीहरू