Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

    १९ बैशाख, हेटाैँडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा एक जना पैदलयात्रीको मृत्यु भएको छ । मनहरी गाउँपालिका वडा नं. ८ मा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको हो ।

    हेटौँडाबाट चितवन तर्फ जाँदै गरेको ना५ख ७७१२ नम्बरको ट्रकको ठक्करबाट राक्सिराङ गाउँपालिका–९ का ७० वर्षीय गङ्गाबहादुर स्याङतानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    Advertisement

    जिल्ला प्रहरी कार्यालयका अनुसार बाटो काट्ने क्रममा स्याङतानलाई आज बिहान ठक्कर दिएको हो ।

    उनको घटनास्थलमा नै मृत्यु भएको थियो । ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिइएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »