२५ बैशाख, बाँके । “मानवताको पक्षमा ‘On the Side of Humanity’ भन्ने मुल नाराका साथ आज विश्व रेडक्रस मनाइएको छ ।
रेडक्रस संस्थापक जँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष ८ मे का दिन विश्व रेडक्रस दिवस मनाउने गरिएको हो ।
Advertisement
दिवसका अवसरमा नेरेसो बाँके शाखाद्वारा खुला रक्तदान कार्यक्रम र शाखा अर्न्तगत रहेका १७ वटा उपशाखाहरुले सन्देश मुलक कार्यक्रमको आयोजना गरि दिवस मनाएका छन् ।
प्राप्त जानकारी अनुसार नेरेसो कोहलपुर उपशाखाले नीलसागर बृद्धाश्राममा फलफुल वितरण, मनिकापुर, सितापुर, गंगापुर, बाँकेबयिया उपशाखाले रेडक्रस अभियान प्रचार प्रसार अभिमुखीकरण, पुरैनी उपशाखाले सदस्यता विस्तार अभियान, कुसुम उपशाखाले वकत्तृवकला प्रतियोगिता, घरवारीटोले रक्तदान उत्प्रेरणा, कचनापुर र सोनारी उपशाखाले प्रभातफेरी तथा सरसफाई अभियान, पिप्रहवाले सरसफाई अभियान, खजुराले प्रवचन एवं मनोरञ्जनात्मक खेल, जानकी र सदरलाइन उपशाखाले दिपप्रज्वलन बैच वितरण, बैजनाथ र बेलासपुर उपशाखाले जुनियर तथा युवा सर्कल गठन तथा रेडक्रस अभिमुखीकरण कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
Advertisement
उक्त कार्यक्रमहरुमा उपशाखा कार्यसमिति, स्थानीय व्यक्ति, शिक्षकनायक, रेडक्रस सदस्य र जुनियर तथा युवा सर्कलको सहभागिता रहेको कुरा उपशाखाहरुले जानकारी दिएका छन् ।
टिप्पणीहरू