Close sidebar
  • ताजा
  • लोकप्रिय
  • प्रतिबन्धित तथा नियन्त्रित औषधी सहित मेडिकल संचालिका पक्राउ

    १९ बैशाख, झापा । झापाको बाह्रदशी गाँउपालिका–५ स्थित बिक्रम बिकास मेडिकलबाट प्रतिबन्धित तथा नियन्त्रित औषधी सहित मेडिकल संचालिका ३९ वर्षीय बन्दना पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।

    वैशाख १७ गते मेडिकलबाट प्रतिबन्धित तथा नियन्त्रित लागूऔषधजन्य औषधीहरु बिक्री बितरण भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पसलमा चेकजाँचको क्रममा प्रतिबन्धित औषधी बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको हो ।

    Advertisement

    प्रहरीले ट्रामाडोल ७ सय ९५ ट्याब्लेट, एन्टिकफ ४ सय ७० ट्याब्लेट र डाईक्लोमिन ३ हजार ९ सय ८० ट्याब्लेट बरामद गरेको हो ।

    प्रतिबन्धित तथा नियन्त्रित औषधी सहित पक्राउ परेकी उनको थप अनुसन्धान भईरहेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »