Close sidebar
  • ताजा
  • लोकप्रिय
  • प्रधानमन्त्री ओलीले गरे मोदीसँग टेलिफोन संवाद

    फाइल तस्बिर

    १० बैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी सँग टेलिफोन संवाद गरेका छन् ।

    जम्मु कश्मिरमा आतंकवादी समूहले गरेको हमलापछि प्रधानमन्त्री ओलीले मोदीसँग संवाद गरेका हुन् ।

    Advertisement

    प्रधानमन्त्री ओलीले मोदीसँगको छलफलका क्रममा घटनालाई लिएर समवेदना प्रकट गरेका छन् । उनले जघन्य अपराधका विरूद्धमा नेपाल–भारतसँग एकसाथ रहेको पनि उल्लेख गरेका छन्।

    प्रधानमन्त्री मोदीले पनि नेपाली नागरिकको मृत्यु भएको घटनामा पनि समवेदना प्रकट गरेका हुन्।

    Advertisement

    ‘मैले उहाँ (मोदी) सँग कुरा गरे र पहलगाम आतंकवादी हमलामा भएको ज्यान गुमाउनेप्रति गहिरो समवेदना व्यक्त गरेँ,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यस्ता जघन्य कार्यहरू विरुद्ध भारतसँग नेपालको अटल ऐक्यबद्धता दोहोर्‍याएँ ।’

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »