३ बैशाख, बाँके । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । नेपालगञ्ज रंगशालामा वैशाख ५ गतेदेखि १२ गतेसम्म सञ्चालन रह्ने प्रतियोगितालाई भव्य र सभ्य बनाउन रंगशाला सरसफाई, रंङरोगन, खेलाडी आवास, यातायातको ब्यबस्था लगायतका काम पूरा भएको अन्तरालले जनाएको हो । प्रतियोगितामा नेपाल र भारत गरेर ८ वटा टिमको सहभागिता […]
यस बर्ष चैत १ गते देखि २५ गते सम्मको अवधिमा १२ वटा जिल्लामा आगलागीका १२९ वटा घटना घटेका छन । यो अवधिमा आगलागीमा परेर १ जनाको मृत्यु भएको र १३ जना घाइते भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
प्रदेशभर थप २१ हजार ५५ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याइएको छ भने ७३ हजार ७६८ हेक्टर क्षेत्रमा सिँचाइ संरचनाको सुदृढीकरण गरिएको छ ।
नेपालगञ्ज रंगशालाको रंगरोगन, प्याराफिटको सरसफाई, खेल मैदानमा पानी चहार्ने, अनावश्यक घाँसको कटाई—छटाईको काम अहिले धुमधामका साथ भइरहेको छ ।
१७ चैत्र, बाँके । शुक्रबार काठमाडौँको तिनकुनेमा राजावादीको आन्दोलनका क्रममा पत्रकारको हत्या, कुटपिट, दुर्व्यवहार तथा सञ्चार गृहमा गरिएको आगजनी, तोडफोड र ढुंगामुढा विरुद्ध आन्दोलित पत्रकारहरु आज हातमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा खटिएका छन् । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको आब्हानमा देशभरका पत्रकार आन्दोलित भइरहेका बेला बाँकेमा क्रियाशिल पत्रकारहरुले पनि बिरोध स्वरुप हातमा कालोपट्टी बाँधेका हुन् । […]
घण्टदेव युवा क्लब राप्ती गाउँपालिकामा आवद्ध युवाहरुले मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाएको ज्ञापनपत्रमा राजधानी क्षेत्रका विभिन्न स्थानमा भूमाफियाहरूले गैरकानुनी रूपमा कित्ताकाट तथा किनबेच गरिरहेको गुनासो उल्लेख गरिएको छ ।
बैठकले लुम्बिनी प्रदेश मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको गरेको छ ।
१३ चैत्र, रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीलाई ‘मिनी नेपाल’ को संज्ञा दिँदै यस क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिएको बताएका छन । कान्तिपुर मिडिया ग्रुपले बुधबार भैरहवामा आयोजना गरेको ‘लुम्बिनीको सामथ्र्य’ विषयक अन्तरक्रिया कार्यक्रमको चौथो सत्र ‘अलमलमा अर्थनीति र राजनीति’ शीर्षकमा बोल्दै मुख्यमन्त्री आचार्यले लुम्बिनीलाई पर्यटकीय र कृषि दृष्टिकोणले प्रचुर सम्भावना भएको क्षेत्रका […]
९ चैत्र, बाँके । नेपालगञ्जमा क्यान्सर सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । जैन श्वेताम्बर तेरापंथ महिला मण्डल नेपालगञ्जको आयोजनामा क्यान्सर बारे जागरुकता गराइएको छ । साउथ–इस्ट एसिया अन्तर्गतका देशहरुमा बढ्दो क्यान्सरलाई मध्येनजर गर्दै यहाँको समाजलाई क्यान्सर बारे सचेत गर्ने प्रमुख उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो । क्यान्सरबाट बच्ने उपाय र निदान बारे जागरुकता […]
सामाजिक र आर्थिक प्राथमिकता अनुसारको योजनालाई पनि प्राथमिकता दिइएको छ । आवादीका आधारमा पहाड र तराईका क्षेत्रका सडकको दूरी निर्धारण, बस्ती, विद्यालय, स्वास्थ्य संस्था, धार्मिक स्थललाई जोड्ने सडक, कृषि, पर्यटन, बजार, उद्योगका लागि सडक प्राथमिकता, उच्च प्राथमिकता प्राप्त सडक निर्माणलाई प्राथमिकतामा राखिएको छ ।










