Close sidebar
  • ताजा
  • लोकप्रिय
  • विजयनगरको विकास योजना अघि बढाउन मुख्यमन्त्रीलाई ज्ञापनपत्र

    १ बैशाख, कपिलवस्तु । विजयनगर गाउँपालिकाले समग्र विकास र पूर्वाधार विस्तारका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष महत्वपूर्ण योजना सहित ज्ञापनपत्र पेश गरेको छ ।

    नयाँ वर्ष २०८३ को अवसरमा गाउँपालिकाको भ्रमणमा रहेका मुख्यमन्त्री आचार्यलाई गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा मगरले ज्ञापनपत्र हस्तान्तरण गरेका छन् । सो अवसरमा गाउँपालिकाले सडक, सिंचाइ, नदी नियन्त्रण, शिक्षा तथा पर्यटकीय विकाससँग सम्बन्धित विभिन्न योजनाहरू प्राथमिकताका साथ अघि बढाउन माग गरिएको छ ।

    Advertisement

    ज्ञापनपत्रमा शिवराज नगरपालिका सुरही पुलदेखि विजयनगर गाउँपालिका हुँदै कृष्णनगर नगरपालिका झिंगाहा जोड्ने १२ किलोमिटर सडक कालोपत्रे गर्नुपर्ने विषयलाई विशेष प्राथमिकतामा राखिएको छ । यस सडकलाई पूर्व–पश्चिम राजमार्गसँग जोड्ने महत्वपूर्ण सहायक मार्गका रूपमा उल्लेख गरिएको छ ।

    यसैगरी शंकरपुर ताल पुनर्निर्माण, सुरही तथा अर्रा नदीको कटान नियन्त्रण, कृषियोग्य भूमिमा सिंचाइ विस्तार, विद्यालयहरूको भौतिक पूर्वाधार सुधार तथा विभिन्न स्थानमा कल्भर्ट निर्माण लगायतका योजनाहरू पनि समेटिएका छन् ।

    Advertisement

    कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रस्तुत गरिएका योजनाहरूलाई गम्भीरतापूर्वक लिएको बताउँदै आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमा विशेष गरी सडक योजनालाई समेट्ने प्रतिबद्धता व्यक्त गरेकाा छन् । उनले उक्त सडकलाई बहुवर्षीय आयोजनाका रूपमा अघि बढाइने स्पष्ट पारे ।
    मुख्यमन्त्री आचार्यले सडकको स्थलगत अनुगमन समेत गरिसकेको उल्लेख गर्दै यसलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गर्ने बताए । उनले स्थानीय विकासका लागि आवश्यक सहकार्य र समन्वयमा प्रदेश सरकार सधैँ प्रतिबद्ध रहने धारणा व्यक्त गरेका छन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »