३ बैशाख, बाँके । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
नेपालगञ्ज रंगशालामा वैशाख ५ गतेदेखि १२ गतेसम्म सञ्चालन रह्ने प्रतियोगितालाई भव्य र सभ्य बनाउन रंगशाला सरसफाई, रंङरोगन, खेलाडी आवास, यातायातको ब्यबस्था लगायतका काम पूरा भएको अन्तरालले जनाएको हो ।
Advertisement
प्रतियोगितामा नेपाल र भारत गरेर ८ वटा टिमको सहभागिता रहने आयोजकले बताएको हो ।
बाँके जिल्ला फुटबल संघको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेता टिमले पाँच लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ र उपविजेता टिमले दुई लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र पुरस्कार प्राप्त गर्ने यस अघि नै आयोजकले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिसकेको छ ।
टिप्पणीहरू