१ बैशाख, काठमाडौँ । सरकारले राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक गरेको छ । मंगलबार सरकारले राय तथा सुझावका लागि भन्दै १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक गरेको हो ।
प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि सार्वजनिक शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची जारी भएको थियो ।
Advertisement
सोही कार्यसूचीको तेस्रो बुँदा अनुसार सरकारले राष्ट्रिय प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो । राष्ट्रिय प्रतिबद्धतामा राष्ट्रिय मान्यताप्राप्त ६ राजनीतिक दलका घोषणापत्रमा उल्लेखित मुख्य वाचाहरु समेटिएको दाबी गरिएको छ ।
विभिन्न १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक गर्दै सरकारले त्यसमा राजनीतिक दल र सरोकारवालाको सुझाव माग गरेको छ । मस्यौदा उपर यही वैशाख १० गते भित्र राय/सुझाव पेश गर्न सम्बन्धित राजनीतिक दलहरूलाई आग्रह गरिएको छ ।
Advertisement
१८ वटा क्षेत्र समेटिएका बुँदामा आर्थिक क्षेत्रमा स्थायित्व र सुधार, कृषि क्षेत्रको सम्मान र आत्मनिर्भरता, पर्यटन र नागरिक उड्डयन, उर्जा विकास र उपयोग, खानी तथा खनिज, पूर्वाधार विकास क्षेत्र रहेका छन् ।
यस्तै, रोजगारी र समृद्धि, शिक्षा र स्वास्थ्य, वन वातावरण र जलवायु परिवर्तन, सुशासन र भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार र सेवा प्रवाह, विद्युतीय सुशासन र प्रविधिको क्षेत्रमा अवधारणापत्र माग भएको छ ।


















टिप्पणीहरू