Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सृजना बुढा मगरको मृत्यु प्रकरणः थप दुई जना पक्राउ

    १ बैशाख, बाँके । बाँकेको नेपालगञ्जमा चैत्र १२ गते भएको सृजना बुढा मगरको मृत्यु घटनाका फरार प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

    नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा भएको सृजनाको मृत्यु प्रकरणमा प्रहरीले थप दुई जना अभियुक्तलाई पक्राउ गरको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    Advertisement

    पक्राउ पर्नेमा फरार रहेका ५० वर्षीय रहमद ढपाली र २१ वर्षीय मो. आदिल ढपाली रहेका जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए । उनका अनुसार पक्राउ परेका उनीहरू मृतकका प्रेमी आरिफ ढपालीका बुवा र भाइ हुन् ।

    यसअघि नै प्रहरीले अनुसन्धानका क्रममा संलग्नताको आशंकामा मृतक सृजनाको प्रेमी आरिफ ढपाली, उनकी आमा र दिदी सहित तीन जनालाई नियन्त्रणमा लिइसकेको छ । अब पक्राउ परेका दुई जनासहित घटनामा संलग्न पाँच जना माथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    Advertisement

    चैत १४ गते राति करिब ११ बजेर ३५ बजेको समयमा कोरियनपुर स्थित सडकमा २२ वर्षीया सृजना बुढा मगर जलेको अवस्थामा मृत फेला परेकी थिइन्

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »