९ चैत्र, बाँके । नेपालगञ्जमा क्यान्सर सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । जैन श्वेताम्बर तेरापंथ महिला मण्डल नेपालगञ्जको आयोजनामा क्यान्सर बारे जागरुकता गराइएको छ ।
साउथ–इस्ट एसिया अन्तर्गतका देशहरुमा बढ्दो क्यान्सरलाई मध्येनजर गर्दै यहाँको समाजलाई क्यान्सर बारे सचेत गर्ने प्रमुख उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो । क्यान्सरबाट बच्ने उपाय र निदान बारे जागरुकता फैलाउन क्यान्सर विशेषज्ञ डा. प्रियंका शुक्ला, खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा कार्यरत स्तन ओन्कोसर्जन डा. रुपेश रोशन, ओरल सर्जन डा. सालिनी मिश्रले प्रस्तुति दिएका छन ।
Advertisement
क्यान्सर विशेषज्ञ डा. शुक्लाले क्यान्सरको चरण, निदान, सामान्य तथा क्यान्सर सेल लगायतको विषयमा जानकारी गराइन । उनले महिलाहरुको पाठेघरमा हुने क्यान्सर, सिस्ट, उच्च रक्तस्राव बारे महिलाहरुलाई सचेत गराएकी छन् ।
Advertisement
यस्तै, डा. रुपेश रोशनले हाल महिलाहरुमा सबै भन्दा बढी स्तन क्यान्सर देखिएको जानकारी गराउदै महिलाहरुको ज्यान समेत जाने गरेको बताए । उनका अनुसार पुरुषमा पनि स्तन क्यान्सर हुने गरेको छ । करिब १०० जना महिलाहरुको बीचमा एक पुरुषमा स्तन क्यान्सर देखिने गरेको छ ।
Advertisement
बढ्दो मध्येपान, ध्रुमपान, सुर्तीजन्य पदार्थका कारण लाखौं मानिसहरु मुखको क्यान्सरबाट ग्रसित हुने गरेका डा. सालिनी मिश्रले जानकारी गराइन । मुखको क्यान्सरको संकेत, लक्षण, निदान लगायतका विषयमा उनले प्रशिक्षण गरेकी थिइन ।
महिलाहरुको सशक्तिकरण, भौतिक तथा आर्थिक सहयोगको पक्षमा उभिएर उक्त संस्था काम गर्दै आएको अध्यक्ष निशा सेठियाले बताइन । महिलाको अधिकार तथा आत्मानिर्भर बनाउन संस्थाको उद्देश्य रहेको बुझिएको छ । यो जागरुकता कार्यक्रम देशभर अभियानको रुपमा सञ्चालन भईरहेको बताइएको छ ।
टिप्पणीहरू