Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सबै हिसावले बलियो र समृद्ध प्रदेश बनाउने योजना जारी छ: मुख्यमन्त्री आचार्य

    १३ चैत्र, रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीलाई ‘मिनी नेपाल’ को संज्ञा दिँदै यस क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिएको बताएका छन ।

    कान्तिपुर मिडिया ग्रुपले बुधबार भैरहवामा आयोजना गरेको ‘लुम्बिनीको सामथ्र्य’ विषयक अन्तरक्रिया कार्यक्रमको चौथो सत्र ‘अलमलमा अर्थनीति र राजनीति’ शीर्षकमा बोल्दै मुख्यमन्त्री आचार्यले लुम्बिनीलाई पर्यटकीय र कृषि दृष्टिकोणले प्रचुर सम्भावना भएको क्षेत्रका रूपमा प्रस्तुत गरे ।

    Advertisement

    ‘लुम्बिनीमा पर्यटकीय, कृषि र अन्य धेरै हिसाबले प्रचुर सम्भावना छ । लुम्बिनी प्रदेशमा हिमाल, पहाडदेखि तराईका जिल्ला सम्म रहेका छन् । गौतम बुद्धको जन्मस्थलका कारण ऐतिहासिक महत्व भएको यस स्थानले मात्र बुद्धिजम नभई हिन्दू धर्मका लागि पनि सांस्कृतिक महत्व राख्छ’ उनले भने । यस्तै, लुम्बिनीमै रहेका तीन वटा राष्ट्रिय निकुञ्जको बारेमा चर्चा गर्दै लुम्बिनी मिनी नेपालको रुपमा परिचित भएको बताए ।

    प्रदेश सरकारको कामलाई गति दिइएको बताए । ‘तीन तहको सरकारको हकमा समन्वय र सहकार्यको आधारमा काम अघि बढाएका छौं । कानुनले निर्दिष्ट गरेका कार्यहरूलाई अघि बढाएका छौं । संघीय सरकारमार्फत प्रदेशका सचिव र मुख्य सचिवलाई आउनको लागि अनुरोध गरेका छौं । प्रमुख सचिव संघीय सरकारले पठाए पनि मन्त्रालयको सचिव प्रदेशबाटै नियुक्त गर्नुपर्ने निवेदन गरेका छौं’ मुख्यमन्त्री आर्चाले भने, ‘सबै हिसावले प्रदेशलाई बलियो र समृद्ध बनाउने दिशामा सरकारले काम गरिरहेको छ ।’

    Advertisement

    प्रदेश सरकारले कर्मचारीको वृद्धिविकासमा रोक लागेको अवस्थामा ऐन निर्माण गरेर खोलिसकेको बताए ।

    उनले भने, ‘लोकसेवामार्फत बढुवाको प्रक्रिया पनि जारी छ । संघीय कानुनले निजामती सेवा ऐन नबनेपनि, प्रदेशले निजामती कर्मचारी ऐन बनाई सेवा प्रवाहलाई अघि बढाएको छ । सेवा प्रवाहमा कुनै समस्या छैन’

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »