१७ चैत्र, बाँके । शुक्रबार काठमाडौँको तिनकुनेमा राजावादीको आन्दोलनका क्रममा पत्रकारको हत्या, कुटपिट, दुर्व्यवहार तथा सञ्चार गृहमा गरिएको आगजनी, तोडफोड र ढुंगामुढा विरुद्ध आन्दोलित पत्रकारहरु आज हातमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा खटिएका छन् ।
नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको आब्हानमा देशभरका पत्रकार आन्दोलित भइरहेका बेला बाँकेमा क्रियाशिल पत्रकारहरुले पनि बिरोध स्वरुप हातमा कालोपट्टी बाँधेका हुन् ।
Advertisement
पत्रकार महासंघ बाँकेको कार्यालयमा आज बिहान उपस्थित भएर कालोपट्टी बाँधेर पत्रकारहरु कार्यक्षेत्रमा खटिएका हुन ।
पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले महासंघको केन्द्रिय सर्कुलर अनुसार बाँकेमा पनि बिरोध स्वरुप हातमा कालोपट्टी बाँधिएको बताए । यसअघि पनि शनिबार महासंघको आयोजनामा विपीचोकमा श्रद्धाञ्जली तथा बिरोध सभा गरिएको थियो ।
Advertisement
पत्रकार र सञ्चारमाध्यम माथिको आक्रमण विरुद्ध नेपालगञ्जमा विरोध प्रदर्शन
Advertisement
पूर्वराजा समर्थक आन्दोलनका क्रममा एभिन्युज टिभीमा कार्यरत फोटो पत्रकार सुरेश रजकको हत्या गरिएको थियो । आन्दोलनकारीले आगजनी गरेको एक घरभित्र शव जलेको अवस्थामा पत्रकार रजकको शव फेला परेको थियो ।
Advertisement
यस्तै, फोटो खिचेकै कारण रिर्पोटिङमा खटिएका थुप्रै पत्रकार माथि कुटपिट समेत भएको थियो, भने कान्तिपुर टिभी र अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा ढुंगामुढासँगै आगजनीको प्रयास भएको थियो ।
टिप्पणीहरू