१२ फाल्गुन, विरगञ्ज । नेशनल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा शाहनवाज अन्सारी नियुक्त भएका छन् । कलेजको बोर्ड बैठकले शाहनवाज अन्सारीलाई आगामी ५ वर्षको लागि प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले शाहनवाज अन्सारीलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको कलेजले जनाएको छ । अन्सारी यसअघि कलेजको निर्देशक भएर कार्यरत थिए । […]
५ फाल्गुन, काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । आगामी वैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ […]
३ फाल्गुन, काठमाडौँ । कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि हुने भएको छ । ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा हुने जनाएको छ । परिक्षाको एक दिन अगाडि फाल्गुन ६ गते आफ्नो सिफ्ट अनुसार ईपीएस कार्यालय ग्वार्कोमा बायो–मेट्रिक रजिस्ट्रेशन फिङ्गर प्रिन्ट दर्ताको लागि उपस्थित हुन जनाइएको छ । […]
१३ माघ, काठमाडौँ । चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरुलाई समय अनुसार पाठ्यक्रम र सीपको विकास गर्ने उद्देश्यले अन्तराष्ट्रिय स्तरको तालिम दिएको छ । कलेजको इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स तथा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ विभागको अन्तिम सेमेस्टरमा अध्यनरत विद्यार्थीहरुलाई अन्तराष्ट्रिय स्तरको पीएलसी र स्काडाको एक महिने तालिम दिइएको हो । दक्ष जनशक्ति उत्पादन हुन इन्डष्ट्रि र […]
२३ पौष, काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा विद्यार्थीहरूको लागि नोबेल पुरस्कारका रूपमा परिचित हल्ट प्राइजको नयाँ संस्करण सुरू भएको छ । विद्यार्थीहरूलाई रचनात्मक र सामाजिक उद्यमहरू विकास गर्न प्रोत्साहित गर्ने हल्ट प्राइजको यो संस्करणमा सहभागीहरूले आ–आफ्ना प्रस्तुतिहरू दिइरहेका छन । नेक हल्ट प्राइजका क्याम्पस निर्देशक सुवास खनालका अनुसार अक्टोबर १२ मा समिति सदस्यहरु सँग ग्रूमिङ […]
२० पौष, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान भएको छ । नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान गरेको हो । आज सार्वजनिक सूचनामा कुलपतिबाट रिक्त उपकुलपति नियुक्त गर्न त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा १८ को उपदफा ९२० अनुसार गठित सिफारिस समितिबाट स्वीकृत कार्यविधि २०८० अनुसार […]
१७ पौष, काठमाडौं । मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक)मा जापानको प्रतिष्ठित संस्थाले वैकल्पिक उर्जाको रुपमा हावाबाट विद्युत उत्पादन गर्ने सम्भाव्यता अध्ययन गर्न प्रोजेक्ट अगाडि बढाइएको छ । जापानको जापान इनर्जी सेफ्टी एशोसिएसन (जेइएसए) ले नेकसँगको सहकार्यमा ‘हावा प्रोजेक्ट २.०’ ल्याउँदै त्यसका लागि आवश्यक उपकरण नेकलाई हस्तान्तरण गरेको छ । […]
१६ पौष, बाँके । ईपीएस परीक्षामा सहभागी गराउनु पर्ने माग गर्दै कोरियाली भाषा सिकेका युवाले शुक्रबार बालकुमारीमा प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको थियो । प्रहरीको कुटपिटबाट दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो । यो घटना सहित राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तर सम्म मुद्दा बनेका विभिन्न घटनाका विषयमा राष्ट्रिय […]
१४ पौष, काठमाडौँ । कोरियामा पानी जहाज निर्माण क्षेत्रमा भाषा परीक्षा दिइ बसेका सबैका लागि उत्पादन क्षेत्रको भाषा परीक्षामा आवेदन खुलेको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले सोमबार १६ गतेदेखि १८ गतेसम्म फाराम भर्नको लागि आवेदन खुला गरेको हो । उच्च अदालत पाटनले शुक्रबार आवेदन फाराम भर्न रोक नलगाउन आदेश दिएपछि कोरियाको मानव […]
१३ पौष, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया भाषा परीक्षालाई लिएर भएको प्रदर्शनमा प्रहरी दमनको विरोध गरेको छ । रोजगार अनुमति प्रणाली (इपीएस) कोरिया भाषा परीक्षाको विषयलाई लिएर युवाहरूले आज गरेको प्रदर्शनमा भएको प्रहरी हस्तक्षेप, दमन र धरपकडको भर्त्सना गरेको छ । बालकुमारीमा भएको घटनाको विषयमा एमालेले विरोध गरेको […]











