१३ पौष, सिन्धुली । रोटरी डिस्ट्रिक्ट ३२९२, नेपाल –भुटानमा आबद्ध नेपालभरका प्रशिक्षक रोटरियनहरुलाई सिन्धुलीको मुलकोटमा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । नेपालभरका रोटरी क्लबहरुमा आबद्ध प्रशिक्षकहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको रोटरी डिस्ट्रिक्ट ३२९२ को प्रशिक्षण समितिका सह–अध्यक्ष बिष्णुहरि दाहालले बताए । शुक्रबार र शनिवार चल्ने प्रशिक्षणलाई रोटरीका प्रमुख प्रशिक्षकहरु जयन्द्र रिमाल, लक्ष्मण […]
१३ पौष, काठमाडौँ । काठमाडौँको कालिकास्थान स्थित सर्वनाम थिएटरमा नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ मञ्चन भइरहेको छ । साहित्यकार तथा रङ्गकर्मी अशेष मल्लको लेखन रहेको नाटक सर्वनामको १९ औँ ब्याचका विद्यार्थीले प्रस्तुत गरेका हुन । ब्याचका प्रशिक्षार्थीहरू रसिक राज र शीतल थोकरको निर्देशन रहेको छ । रङ्गमञ्चमा समूहको यो पहिलो नाट्य यात्रा हो । महिला तथा […]
१२ मंसिर, दाङ । गायिका तथा एमाले नेता कोमल वलीको परिवारले स्वर्गीय आमा दीपा वलीको नाममा २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । आमाको सम्झनामा दाङका छात्राहरुलाई अध्ययनका लागि सहज होस् भन्ने हेतुले यो अक्षयकोषको स्थापना गरिएको कोमल वलीले बताइन् । अक्षय कोषबाट दाङ जिल्लाका थारु समुदाय र दलित समुदायका छात्राहरुलाई पढ्न छात्रवृत्ति प्रदान […]
५ मंसिर, काठमाडौँ । शिक्षा क्षेत्रमा अहिले देखिएको सबैभन्दा डरलाग्दो स्थिति भनेको युवा विद्यार्थीहरुको विदेश पलायन रहेको आफ्नो बुझाइ रहेको प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन । मंङ्गलवार सिंहदरबारमा राजनीतिक दल, निजी क्षेत्र र सरोकारवाला निकायहरूसँग वर्तमान अर्थतन्त्रका समस्या समाधानबारेको छलफलमा यस्तो बताएका हुन । देशको समग्र शिक्षा प्रणालीलाई कसरी […]
१५ कार्तिक, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १७ परसपुरमा रहेको ज्ञान सागर मा.बि. विद्युत बिहीन भएको छ । ज्ञान सागर मा.वि. परसपुरको विदुत महशुल २० हजार बाँकी रहेको बुझिएको छ । विद्युत महशुल बुझाउन पटक-पटक ताकेता गर्दापनि कुनै जवाफ नआएपछि बुधबार दिवसो ज्ञान सागर मा.वि. को विद्यतु लाइन काटिएको विद्युत प्राधिकरण वितरण केन्द्र […]
२६ असोज, बाँके । नेपालगञ्जका सामुदायिक विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । शक्ति समूहले विद्यालय छाडेका र छोड्न सक्ने विद्यार्थीलाई कपी, कलम, पोशाक, जुत्ता, झोलासहितको उक्त शैक्षिक सामाग्री सहयोग गरेको हो । नेपालगञ्ज उपमहानगरपालिकाका ५ वटा विद्यालयका गरीब, विपन्न परिवारका २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको शक्ति समूह, लुम्बिनी […]
२२ असोज, बाँके । बाँकेको जानकी गाउँपालिका वडा नं. २ मा रहेका श्री माध्यमिक विद्यालय जोगागाँउमा सञ्चालित तीन महिने आधारभूत कम्प्युटर तालिम सम्पन्न भएको छ । आइतबार एक कार्यक्रम बीच गाँउपालिका प्रमुख छब्बन खाँले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । ‘सीप सिकौं आत्मनिर्भर बनौं’ मुलमन्त्रका साथ आयोजना गरिएको उक्त तालिममा नौ जना छात्रा र पाँच […]
२० असोज, बाँके । बाँकेको खजुरा स्थित श्री पशुपति माध्यमिक विद्यालयमा खाने पानीको अभाव हुदाँ विद्यार्थीहरुलाई सास्ती खेप्नु परेको छ । खजुरा गाँउपालिका वडा नं. ८ घियामा रहेको उक्त विद्यालयमा शुद्ध खानेपानीको अभाव, वाल बाउन्ड्र र भवनको समस्या रहेको बताइएको छ । यस वडाको यो पहिलो र एउटा मात्रै विद्यालय हो । खानेपानीको अभावका कारण […]
१८ असोज, बाँके । बाँकेको नेपालगञ्जमा भोलि शुक्रबार अत्यावश्यक सेवा बाहेक अन्य कामकाज ठप्प पार्ने गरी अनिश्चितकालीन पेन डाउन गर्ने कार्यक्रम रहेको छ । नेपालगञ्ज उपमहानगरपालिका अन्र्तगत २३ वटै वडाहरुमा कर्मचारीहरुले शुक्रबार आन्दोलन स्वरुप पेन डाउन गर्ने भएका छन । नेपालगञ्ज उपमहानगरपालिकामा शुक्रबार विहान १० बजे कर्मचारीहरु जम्मा भएर सरकारलाई दवाव दिन पेन डाउन गर्ने […]
१७ असोज, धादिङ । धादिङमा ट्रकको ठक्करबाट दुई छात्रको ज्यान गएको छ । पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका-२ फुर्केखोलामा आज बिहान ट्रकले ठक्कर दिँदा दुई जना विद्यार्थीको ज्यान गएको हो । काठमाण्डौबाट मुग्लिनका लागि छुटेको प्रदेश ०२-००१ख ६४१३ नम्बरको ट्रकले ठक्कर दिदा बागेश्वरी मा.वि. मलेखुमा कक्षा ८ को कोचिङ कक्षा पढ्न जाँदै गरेका सिद्धलेक गाउँपालिका […]











