Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेकका विद्यार्थीहरुले पाए अन्तराष्ट्रियस्तरको पीएलसी र स्काडाको तालिम

    १३ माघ, काठमाडौँ । चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरुलाई समय अनुसार पाठ्यक्रम र सीपको विकास गर्ने उद्देश्यले अन्तराष्ट्रिय स्तरको तालिम दिएको छ ।

    कलेजको इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स तथा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ विभागको अन्तिम सेमेस्टरमा अध्यनरत विद्यार्थीहरुलाई अन्तराष्ट्रिय स्तरको पीएलसी र स्काडाको एक महिने तालिम दिइएको हो ।

    Advertisement

    दक्ष जनशक्ति उत्पादन हुन इन्डष्ट्रि र एकेडेमियाको उत्तिकै भूमिका रहेको हुँदा पाठ्यक्रममा समावेस नभए पनि समयको माग र बजारलाई हेरेर नन(क्रेडिट कोर्षको रुपमा तालिम अगाडी बढाइएको कलेजका कार्यवाहक प्रिन्सिपल दुर्गा प्रसाद भण्डारीले बताए । विद्यार्थीहरूलाई विषयगत ज्ञानमा अझ पोख्त बनाउनका लागि कलेजले तालिम चलाएको उनको भनाई छ ।

    नेपालमै पहिलो पटक कलेज स्तरमा यति लामो तालिम दिन पाउँदा आफुहरु खुशी रहेको कलेजको इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स विभागका विभागीय प्रमुख अमित साह र यम कृष्ण पौडेलले बताए । अटोमेसन क्षेत्रमा बढी जनशक्तिको माग रहेको र यो कोर्षले विद्यार्थीहरुलाई सीप सँग जोड्ने हुँदा जागिर प्राप्तिका लागि थप सहयोग पुग्ने उनीहरुको भनाई छ ।

    Advertisement

    अटोमेसनको दुनियाँमा पीएलसीको भूमिका अत्यन्त महत्वपूर्ण भएको भन्दै विद्यार्थीहरूले तालिममा सिकेका कुराहरू व्यवहारिक रूपमा प्रयोग गर्ने बताए । कलेज स्तरमै यस्ता सीपयुक्त तालिमहरू पाउँदा अध्ययन पश्चात व्यवसायिक क्षेत्रमा अगाडी बढ्न धेरै सहयोग पुग्ने उनीहरूको विस्वास छ ।

    कलेजका करिब ५० जना विद्यार्थीहरुले १ महिनासम्म तालिममा उत्साहजनक रूपमा सहभागिता जनाएका थिए । जापान, इन्डियाको मित्सुबिशी कम्पनी र नेपालको फ्याक्ट्री सोलुसनसँगको सहकार्यमा तालिम सञ्चालन गरिएको थियो ।

    Advertisement

    मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा पोखरा विश्विवद्यालयबाट सम्बन्धन प्राप्त शिक्षा मन्त्रालयद्वारा गठित नेपाल इन्जिनियरिङ कलेज सञ्चालन समिति मार्फत सञ्चालित कलेजले विद्यार्थीहरूलाई समयसमयमा विषयगतरूपमा विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय संघ संस्थाहरूसँगको सहकार्यमा तालिम र अनुसन्धानहरू गर्दै आइरहेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »