Close sidebar
  • ताजा
  • लोकप्रिय
  • कोरियामा पानी जहाज निर्माण क्षेत्रमा आवेदन दिएका सबैका लागि आवेदन खुल्यो

    फाइल तस्बिर

    १४ पौष, काठमाडौँ । कोरियामा पानी जहाज निर्माण क्षेत्रमा भाषा परीक्षा दिइ बसेका सबैका लागि उत्पादन क्षेत्रको भाषा परीक्षामा आवेदन खुलेको छ ।

    वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले सोमबार १६ गतेदेखि १८ गतेसम्म फाराम भर्नको लागि आवेदन खुला गरेको हो ।

    Advertisement

    उच्च अदालत पाटनले शुक्रबार आवेदन फाराम भर्न रोक नलगाउन आदेश दिएपछि कोरियाको मानव संशाधन विभागबाट सकारात्मक प्रतिक्रिया आएको भन्दै विभागले गएको साउनमा जहाज क्षेत्रमा भाषा परीक्षा दिएका आवेदकहरुले मात्रै फारम भर्न पाउने निर्णय गरेको हो ।

    विभागले पानी जहाजभन्दा बाहेकका व्यक्तिले फारम भर्न नपाइने जनाएको छ । यसअघि उच्च अदालतले रिट निवेदन दिने १८ जनाको हकमा फाराम भर्न आदेश दिएको र ईपीएस शाखाले त्यसैअनुसार १८ जनाको लागि मात्रै आवेदन खुलाएपछि अरु परीक्षार्थीले विरोधमा थिए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »