१३ पौष, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया भाषा परीक्षालाई लिएर भएको प्रदर्शनमा प्रहरी दमनको विरोध गरेको छ । रोजगार अनुमति प्रणाली (इपीएस) कोरिया भाषा परीक्षाको विषयलाई लिएर युवाहरूले आज गरेको प्रदर्शनमा भएको प्रहरी हस्तक्षेप, दमन र धरपकडको भर्त्सना गरेको छ ।
बालकुमारीमा भएको घटनाको विषयमा एमालेले विरोध गरेको हो । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले शुक्रबार विज्ञप्ति जारी गर्दै दुई जनाको मृत्यु तथा दर्जनौं घाइते हुने गरी भएको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन ।
Advertisement
एमालेले घाइतेहरुको उपचार गर्नुका साथै क्षतिपूर्तिको व्यवस्था गर्न सरकार सँग माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘बिना भेदभाव परीक्षामा सामेल हुन पाउनुपर्ने युवाहरुको मागको न्यायोचित मागलाई वार्ताबाट अबिलम्ब पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रदर्शनकारीहरुलाई शान्तिपूर्ण र वैधानिक बाटोबाट समस्याको समाधान खोज्न अपील गर्दछौँ ।’
टिप्पणीहरू