१७ चैत्र, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तहका प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने भएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने निणर्य गरेको बुझिएको छ । आउँदो पहिलो वर्षको परीक्षादेखि अनिवार्य रूपमा यो व्यवस्था लागू गर्ने र […]
१६ चैत्र, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा जारी गरिएका अनुगमन अनुमतिपत्र रद्द गरेको छ । आधिकारिक व्यक्तिहरू बाहेकका अन्य व्यक्ति विभिन्न परीक्षा केन्द्रहरूमा गएका कारण परीक्षा दिने विद्यार्थीको लेखन कार्यमा असुविधा भएको गुनासा आएकोले प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समिति समेतका आधिकारिक पदाधिकारीहरू बाहेकका अन्य […]
१५ चैत्र, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २३ मा रहेको राष्ट्रिय प्राथमिक विद्यालय जङ्गलीसिंह पूर्वाको व्यवस्थापन समितिका लागि सदस्य चयन गरिएको छ । बिहीबार बसेको अभिभावक भेलाबाट राष्ट्रिय प्राथमिक विद्यालय जङ्गलीसिंह पूर्वाको विद्यालय व्यवस्थापन समितिका लागि चार सदस्यीय समिति रर्वसम्मत चयन भएका वडाध्यक्ष जबर अलि बेहनाले जानकारी गराए । अभिभावक भेलाबाट पुरुषतर्फ रघुराज […]
१४ चैत्र, काठमाडौँ । बिहीबार देखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षाको तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा बोर्डले जनाएको छ । परीक्षामा सामुदायिक तथा […]
१४ चैत्र, काठमाडौँ । सरकारले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ । विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस्तो निर्णय गरेको जनाएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालय छनोटमा ढिलाइ भएको र स्रोतको वितरण तथा उपयोगमा विभिन्न गुनासा आएका सन्दर्भमा शिक्षामन्त्री सुमना श्रेष्ठको उपस्थितिमा […]
९ चैत्र, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक कार्यतालिकालाई प्रभावकारी कार्यान्वयन निर्देशन दिएका छन् । चिकित्सा शिक्षा आयोगको १३ औं बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् । उनले वार्षिक शैक्षिक कार्यतालिका तयारी र कार्यान्वयनमा आयोगले दिएको प्राथमिकता सराहनीय रहेको बताएका छन । ‘वार्षिक शैक्षिक क्यालेन्डर तयारी र कार्यान्वयनमा आयोगले दिएको […]
८ चैत्र, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयहरूमा निःशुल्क शिक्षाको व्यवस्था तथा निजी विद्यालयहरुमा शुल्क निर्धारण र छात्रवृत्ति वितरणको व्यवस्था मिलाउन पालिकाहरुलाई निर्देशन दिएको छ । विद्यालय मूल्याँकनको आधार छात्रवृत्ति र शुल्कलाई बनाउन पालिका सरकार सँग शिक्षा मन्त्रालयले आग्रह गरेको छ । विद्यालय तह सम्मको अधिकार स्थानीय सरकार मातहत हुने संविधानको व्यवस्था […]
१ चैत्र, बर्दिया । चैत्र २ गते देखि सञ्चालन हुन लागेको आधारभूत तह कक्षा ८ को परिक्षालाई शान्तिपूणर् रुपमा सम्पन्न गर्न बर्दियाको बढैयाताल गाँउपालिकाले जनप्रतिनिधि र शिक्षक बीच छलफल भएको छ । शिक्षालाई सुधार गर्ने उद्देश्यले अगाडि बढिरहेको बढैयाताल गाँउपालिकाले शुक्रबार देखि सुरु हुन लागेको परिक्षालाई व्यवस्थित र मर्यादित बनाउन शिक्षक र परिक्षाकेन्द्रका प्रतिनिधि संग […]
१७ फाल्गुन, बाँके । बर्दियाको बढैयाताल गाँउपालिकाका शिक्षा शाखा प्रमुख विष्णु प्रसाद ढकाल माथि बुधबार भएको अभद्र व्यवाहार प्रतिको खेद प्रकट गर्दै उनले आफु माथि लगाइएको आरोप गलत रहेको बताएका छन । कानुनी रुपमा आफु बलियो रहेको हुनले चरित्रहत्या गर्ने र व्यक्तिगत प्रतिशोधको नियतले केही व्यक्तिहरुको समुहले अभद्र व्यवहार गरेको उनले स्पष्ट पारे । बुधबार […]
१४ फाल्गुन, काठमाडौँ । नेपाल प्रहरीले मुद्धा चल्ने प्रहरी कार्यालयहरूमा ‘हिरासतमा पुस्तकालय’ अभियान सञ्चालनमा ल्याएको छ । नेपाल प्रहरी कार्ययोजना, २०८० अन्तर्गत नवप्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्ने उद्देश्य अनुरूप फौजदारी कसुरको अनुसन्धान गर्ने प्रत्येक प्रहरी कार्यालयहरूले हिरासत पुस्तकालयको व्यवस्था गर्ने प्रावधान अनुसार अभियान सञ्चालन गरिएको हो । विभिन्न मुद्दाको अनुसन्धान प्रक्रियाको क्रममा आपराधिक क्रियाकलापमा संलग्न भएको […]









