Close sidebar
  • ताजा
  • लोकप्रिय
  • पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, नेपालगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ५६ रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ । डिजेल–मट्टीतेलको प्रतिलिटर एक सय ४० रूपैयाँ ५० पैसा पर्नेछ ।

    सरकारले बिहीबार बस्ने संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएको हो । अर्थमन्त्री विष्णु पौडेलले भोलि बस्ने बैठकमा ३ बजे बजेट प्रस्तुत गर्नेछन् ।

    टर्किस एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट स्तानबुल जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको साथमा रहेको सुटकेसबाट उक्त अमेरिकी डलर फेला पारी पक्राउ गरेको हो ।  

    वि.सं. २०४५ सालमा राजा विरेन्द्रद्वारा मध्यपश्चिमाञ्चल भ्रमणका क्रममा बाँकेमा चिसापानी देखि दाङको अर्जुन खोला सम्मको क्षेत्रलाई जैविक विविधता संरक्षणका लागि सर्वेक्षण गरी बर्दिया राष्ट्रिय निकुञ्जको विस्तार गर्न निर्देशन दिएका थिए ।

    मञ्चका अध्यक्ष धर्मराज पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले बाँके जिल्लामा भारतबाट अवैध रूपमा भित्र्याउदै आएको बोइलर कुखुरा तथा तयारी अवस्थाको मासुको विक्री वितरण नियन्त्रण गर्ने निर्णय गरेको हो ।

    दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल प्रारम्भ हुने कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयले जानकारी गराए ।

    अर्थमन्त्री पौडेलले प्रस्तावमा ‘विकासको ढाँचा, गति र संस्कृति बदल्न, राष्ट्रिय आवश्यकता अनुरूपको आर्थिक सुधार गर्न, उद्यमशीलता, उत्पादन र रोजगारीका थप अवसर सिर्जना गर्दै मानवीय र भौतिक विकासमा तीब्रता दिन र लोकतान्त्रिक मूल्यमा आधारित समाजवादउन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको आधार तयार गर्न सम्पूर्ण स्रोत, साधन र सामर्थ्य परिचालन गर्नु जरुरी रहेको’ लेखेका छन् ।

    १९ बैशाख, काठमाडौँ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार सङ्घीय संसदमा प्रस्तुत हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । नेपालको संविधानको धारा ९५ […]

    उनीहरूले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ बराबरको अवैध कारोबार गरेका अनुसन्धानका क्रममा खुलेको केन्द्रीय प्रहरीले बताएको छ ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदन सहितको भन्सार विधेयक, २०८० माथि छलफल गरियोस्‌’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन् । मन्त्री पौडेलले ‘भन्सार विधेयक, २०८१ लाई पारित गरियोस्‌’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।

    Translate »