Close sidebar
  • ताजा
  • लोकप्रिय
  • जैविक विविधता र प्राकृतिक सुन्दरताले भरिपूर्ण बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन पूर्वाधारमा लगानी गर्न अह्‌वान

    Nishu Joshi

    १० जेठ, बाँके । क्रियाशिल पत्रकार महिला संघ बाँकेको आयोजना र बाँके राष्ट्रिय निकुञ्जको सहकार्यमा आज जङ्गल सफारी तथा संरक्षणका सवालमा महिला पत्रकारहरु संग अन्तरक्रिया गरिएको छ ।

    अन्तरक्रियामा बाँके राष्ट्रिय निकुञ्जको इतिहास, जैविक विविधिता, निकुञ्जमा बासस्थान व्यवस्थापन, संरक्षण तथा व्यवस्थापनका विधिहरु, पर्यटकीय सम्भाव्यता, निकुञ्जद्वारा सञ्चालित विभिन्न कार्यक्रमहरु, निकुञ्ज भित्रका समस्या, चुनौती तथा भावी कार्यदिशा बारे छलफल गरिएको छ ।

    Advertisement

    चालूआर्थिक वर्षमा सात सय जना पर्यटकले निकुञ्जको अवलोकन गरेका निकुञ्जको तथ्यांक छ । निकुञ्जमा पर्यटनको आर्कषण बढाउन विभिन्न उपाय, तथा पचारप्रसारका विधि अपनाइएको छ । निकुञ्जबाट जनावरको संरक्षण तथा स्थानीय जनतालाई फाइदा गराउन निम्ती स्थापना भएको निकुञ्ज भित्र स्थानीय, उपभोक्ता, निजी क्षेत्रलाई पर्यटन पूर्वाधारमा लगानी गर्नका लागि अह्‌वान गरिरहेको छ ।

    पर्यटनका विकासका लागि जंगल सफारी, हात्ती सफारी, होमस्टे, रिर्सोट, होटल लगायत विभिन्न क्षेत्रमा लगानीका लागि लगानीकर्ताहरुलाई आउनु पर्ने र यसका लागि निकुञ्ज प्रवेशका लागि विभिन्न प्रवेशद्वार खोली सकेको बरिष्ठ संरक्षण अधिकृत विरेन्द्र कंडेलले बताए ।

    Advertisement

    यस निकुञ्ज भित्र नेपालमा पाइने एक सय १८ मध्ये आठ वटा पारिस्थितिकी प्रणालीको संरक्षण रहेको छ । ३४ वटा स्तनधारी प्रजाति मध्ये ११ वटा दुर्लभ वन्यजन्तु रहेका छन् । यस्तै, दुई सय ७६ भन्दा बढी चराका प्रजाति जस मध्ये ५० वटा दुर्लभ चराहरु छन् । २४ वटा प्रजातिका सरिसृप जसमध्ये दुई वटा दुर्लभ, ९ प्रजातिका उभयचर र ५५ प्रजातिका माछाहरु छन् जसमध्ये पाँच वटा दुर्लभ छन् ।

    बाँके राष्ट्रिय निकुञ्जले बाघ संरक्षणमा पनि सफलता हासिल गरेको छ । २०१३ को सर्वेक्षण अनुसार निकुञ्जमा ४ वटा बाघ थिए भने २०२२ को सर्वेक्षणमा बाघको संख्या वृद्धि भएर २५ वटा पुगेको छ ।

    Advertisement

    निकुञ्जको स्थापना पश्चात चुरे संरक्षण, पर्यटनको प्रवद्र्धन। सार्वजनिक जागरुकता र शिक्षा, संरक्षित क्षेत्रको विस्तार, समुदाय आधारित संरक्षण, वन्यजन्तु र जैविक विविधता अनुगमन प्रणालीको विकास लगायतका उपलब्धि हासिल भएको छ ।

    यस निकुञ्ज क्षेत्रमा १२ हजार दुई सय ३५ घरधुरी तथा ६४ हजार १८ जना जनसंख्या बसोबास गर्छन । बाँके राष्ट्रिय निकुञ्जमा थारु, बादि, खुना, सुनाहा र कुमाल जस्ता आदिवासी समुदायको बसोबास रहेको निकुञ्जले जनाएको छ ।

    Advertisement

    वि.सं. २०४५ सालमा राजा विरेन्द्रद्वारा मध्यपश्चिमाञ्चल भ्रमणका क्रममा बाँकेमा चिसापानी देखि दाङको अर्जुन खोला सम्मको क्षेत्रलाई जैविक विविधता संरक्षणका लागि सर्वेक्षण गरी बर्दिया राष्ट्रिय निकुञ्जको विस्तार गर्न निर्देशन दिएका थिए ।

    साल २०६७ असार २८ गते मा नेपालको दसौँ राष्ट्रिय निकुञ्जको रुपमा ‘गिफ्‌ट टु र्थ’ र नेपालको बाघको संख्या दोब्बर गर्ने र बाघको आवास क्षेत्रलाई बढाउने प्रतिबद्धता अनुरुप ५५० वर्ग कि.मि. कोर र ३४३ वर्ग कि.मि. मध्यवर्ती हुनेगरी राजपत्रमा सूचना प्रकाशन गरि विधिवत स्थापना भएको हो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »