Close sidebar
  • ताजा
  • लोकप्रिय
  • पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    १८ जेठ, काठमाडौँ । पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ र डिजल र मट्टीतेलमा १ रुपैयाँले वृद्धि भएको हो ।

    गएराति देखि नै लागू हुने गरी मुल्य वृद्धि भएको निगमले जनाएको छ । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ ।

    Advertisement

    पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, नेपालगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ५६ रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ । डिजेल–मट्टीतेलको प्रतिलिटर एक सय ४० रूपैयाँ ५० पैसा पर्नेछ ।

    दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको भाउ प्रतिलिटर एक सय ५८ रुपैयाँ पर्ने र डिजेल–मट्टीतेलको प्रतिलिटर एक सय ४२ रूपैयाँ पर्ने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    Advertisement

    यस्तै, तेस्रो वर्गमा पर्ने काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ प्रतिलिटर १ सय ५९ रुपैयाँ पर्नेछ । डिजेल–मट्टीतेलको प्रतिलिटर १४३ रूपैयाँ पर्नेछ ।

    हवाई इन्धनको मूल्य भने घटेको छ । निगमले उपलब्ध गराएको विवरण अनुसार, आन्तरिकतर्फ ३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर २२ अमेरिकी डलरले घटाइएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »