३० वैशाख, काठमाडौँ । संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिध सभा बैठक आज बिहान ११ बजे र राष्ट्रिय सभा बेठक आज दिउँसो सवा १ बजेका लागि बोलाइएको छ ।
संघीय संसदको आजको बैठकमा विनियोजन विधेयक (बजेट)का सिद्धान्त र प्राथमिकता माथि छलफल हुँदैछ ।
Advertisement
दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल प्रारम्भ हुने कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयले जानकारी गराए ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते आइतबार विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।
Advertisement
सोही दिन सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो ।
सरकारले जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधिनिक व्यवस्था रहेको छ । त्यसकै तयारीमा सरकार लागेको छ ।
टिप्पणीहरू