१९ बैशाख, काठमाडौँ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार सङ्घीय संसदमा प्रस्तुत हुँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।
Advertisement
सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।
टिप्पणीहरू