२६ भदौ, बाँके । बाँकेको नेपालगञ्जमा मोहम्मद डे को दिनका लागि रुट निर्धारण गरिएको छ । जिल्ला सुरक्षा समिति बाँकेले इस्लामले मनाउने महान पर्व मोहम्मद डे का लागि रुट निर्धारण गरेको हो । भदौ ३० र ३१ गते मनाइने मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व मोहम्मद डे को अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरु र सुरक्षा निकायहरु बीच शुभकामना […]
२५ भदौ, बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले स्थानीय तहलाई धार्मिक चाडपर्व संग सम्बन्धित गेटको विषयमा जारी गरेको सर्कुल प्रति हिन्दूवादीले आलोचना गरेका छन । जिल्ला प्रशासनले जिल्ला सुरक्षा समिति बाँकेको भदौ २० गतेको निर्णय सार्वजनिक गर्दै सार्वजनिक स्थान, बाटोमा बनाइने विभिन्न धार्मिक चाडपर्वसंग सम्बन्धित गेटहरु निर्माणको कारण नकारत्मक प्रभाव तथा धार्मिक द्वन्द निम्तिन सक्ने […]
२३ भदौ, बाँके । बाँकेको नेपालगञ्जका विभिन्न स्थानमा गणपति बप्पाको मुर्ति शनिवार स्थापना गरेर पूजा आराधना गरिदैँछ । गणपति बप्पाको मुर्ति स्थापनाका लागि पश्चिम नेपालकै प्रसिद्ध शक्तिपिठको प्राङ्गणमा रहेको तालबाट कलशमा जल भरेर पूजाआराधना गरिन्छ । पूजा गर्ने स्थानमा सरसफाई नहुदाँ श्रद्धालुहरुलाई सास्ती भएको छ । बागेश्वरी माता मन्दिर परिसरभित्र रहेको तालको बीच भागमा रहेको […]
२२ भदौ, बाँके । प्रत्येक वर्ष झै यस वर्ष पनि नेपालगञ्ज सहित देशभर गणेश चतुर्थी मनाईदैँछ । भाद्र शुल्क चौथीमा पर्ने गणेश चतुर्थी विशेषत हिन्दू धर्मावलम्बीहरूले भगवान गणेशको पूजाअर्चना गरेर हर्षोल्लासका साथ गणेश भगवानको जन्मदिनको रूपमा मनाउने एक महत्वपूर्ण चाड हो । यस अवसरमा नेपालगञ्जका विभिन्न स्थानमा भगवान गणेश जीको मुर्ति स्थापना गरेर पूजाआराधना गरिदैँछ […]
१० भदौ, काठमाडौँ । आज भाद्र कृष्ण अष्टमी । भगवान् श्रीकृष्णको जन्म दिन अर्थात कृष्ण जन्माष्टमी पर्व नेपाल अधिराज्यभर हिन्दु धर्मालम्बीहरूले भगवान् श्री कृष्णको पूजाआजा गरी छन् । कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । धार्मिक ग्रन्थहरुमा दानव र आसूरी प्रवृतिको […]
४ भदौ, बाँके । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदा देखि अष्टमी सम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज देशभर आरम्भ गरिँदैछ । एक वर्ष भित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य […]
३२ साउन, बाँके । धार्मिक पर्यटन प्रवद्र्धनका लागि बाँकेको राप्ती नदी सिधनियाघाटमा गंगा महाआरती गर्ने तयारी भएको छ । बाँके डुडुवा गाउँपालिका वडा नं. ४ राप्ती नदीस्थित श्री अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव (१०८ शिवलिङ्ग विश्वम्भर महादेव) मन्दिरमा गंगा महाआरती हुन लागेको हो । राप्ती नदी क्षेत्र तथा मन्दिरको प्रचारप्रसार र जिल्लाका विभिन्न स्थानबाट आउने धार्मिक […]
२७ साउन, कैलाली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले नेपालको बिकासको प्रमुख आधार पर्यटन भएको बताएका छन् । थारु समुदायले मनाउने कार्यक्रम गुरही पर्वको अबसरमा कैलालीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्न पुगेका राज्यमन्त्री चौधरीले नेपालका पर्यटकीय गन्तव्यको ब्रान्डिङ गर्नुपर्ने बताएका हुन् । राज्यमन्त्री चौधरीले भने, ‘नेपालको जस्तो अनौठो र विविधताले भरिएको […]
२६ साउन, काठमाण्डौं । नजिकिदै गरेको तीजलाई लक्षित गरेर गीतकार प्रीतम श्रेष्ठले पहिलोपटक आफ्नै संगीत र शब्दमा रहेको नयाँ तीज गीत ‘माथि माथि माया बग्छ’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ। यस गीतमा गायिका शान्तिश्री परियारको सुमधुर स्वर सुन्न सकिन्छ। गीतमा माधव भण्डारीको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा जुना विश्वकर्मा र सुरेश कोहलीको अभिनय रहेको […]
२५ साउन, बाँके । आज नागपञ्चमी । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ । नाग पूजाको […]











