२३ भदौ, बाँके । बाँकेको नेपालगञ्जका विभिन्न स्थानमा गणपति बप्पाको मुर्ति शनिवार स्थापना गरेर पूजा आराधना गरिदैँछ ।
गणपति बप्पाको मुर्ति स्थापनाका लागि पश्चिम नेपालकै प्रसिद्ध शक्तिपिठको प्राङ्गणमा रहेको तालबाट कलशमा जल भरेर पूजाआराधना गरिन्छ । पूजा गर्ने स्थानमा सरसफाई नहुदाँ श्रद्धालुहरुलाई सास्ती भएको छ ।
Advertisement
बागेश्वरीमा जल भर्न गएका श्रद्धालुः यो दृश्यमा तपाईले के देख्नुभयो ?
Vote for your option
बागेश्वरी माता मन्दिर परिसरभित्र रहेको तालको बीच भागमा रहेको जुँगे महादेवको मूर्ति रहेको मन्दिर भक्तजनको रोजाइमा पर्ने गरेको छ । यस तालबाट प्रत्येक वर्षको पर्वमा कलश भर्ने गरिन्छ ।
नेपालमा एक मात्र जुँगे महादेवको मूर्ति पुनर्निर्माणका लागि गत वर्ष देखि नै काम सुरु भएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाले मन्दिर पुनर्निर्माणका लागि दुई करोड रुपैयाँ विनियोजन गरेपछि टेन्डर मार्फत काम सुरु भएको हो ।
Advertisement
एक वर्ष भित्र निर्माण कार्य सम्पन्न हुने उपमहानगरले जनाएपनि चरम ढिलाईका कारण समयमै काम सम्पन्न नहुने देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले एक वर्षभित्र निर्माण सम्पन्न हुने यस अघिनै बताएपनि हाल सम्मको ताल देखेर २०८१ को नवदुर्गाको घटस्थापनामा पनि श्रद्धालुले जुँगे महादेवको पूजा अर्चना गर्न नपाउने र तस्विरमा देखिएजस्तै सरसफाईको अभावमा फोहर बीचबाट कलशमा जल भर्ने बाध्य हुने गणेश चतुर्थीमा जल भर्न गएका श्रद्धालुले चिन्ता जनाए ।
निर्वाचित जनप्रतिनिधि र गुठी समितिको लापरवाही र कमिकम्जोरीका कारण श्रद्धालुहरुले सास्ती खेप्दै आएका उनीहरुको गुनासो छ ।
Advertisement
पुनर्निर्माणका लागि ग्रेटर नेपालले जिम्मा पाएको छ । निर्माण व्यवसायीले हाल प्रवेश मार्ग र पूजा गर्ने ठाँउ फराकिलो बनाउनका लागि पुलको जग र पुल निर्माण गरीसकेकोे भएपनि पुल माथिको काममा ढिलाई भएको छ ।
निर्माणमा ढिलाई र त्यसै माथि तालमा सरसफाई नहुँदा भक्तजन आउदै गरेको घटस्थापनाको लागि चिन्ता व्यक्त गरेका छन ।
Advertisement
शनिवार राति गणेश चतुर्थीको अवसरमा बागेश्वरी मन्दिरबाट दियो बालेर ल्याउनका लागि भक्तजनलाई सकस भएको छ । गणेश चतुर्थी, घटस्थापना लगायतका पर्वमा शक्तिपिठ बागेश्वरी माता मन्दिरबाट दियो बालेर मुर्ति स्थापना गर्ने चलन छ ।
बागेश्वरी मन्दिर राति ८ बजे बन्द हुने दैनिकको तालिका भएपनि प्रत्येक वर्ष मुर्ति स्थापनाका लागि मन्दिर बन्द हुनुअघि नै त्यहाँका पूजारीले मुख्य मन्दिरबाट दियो बालेर दरबारमा राख्ने गरेको भएपनि यस वर्ष भने देखिएन । यस्तो नगर्दा शनिवार मन्दिरमा पुगेका श्रद्धालु बागेश्वरी गुठीको समिति माथि आक्रोशित बनेका थिए ।
गणपति बप्पाको मुर्ति स्थापना गरेर नेपालगञ्जमा ‘गणेश चतुर्थी’ मनाईदैँ
जसका कारण शनिवार श्रद्धालुहरुलाई मन्दिरको गेट खोलाएर दियो बाल्न सकस भएको थियो । कतिपयले घाटमै पूजा गरे भने केहीले मुख्य गेटमै पूजा गरेर फर्किए । नेपालगञ्जको बिभिन्न चोक चौरहामा भगवान गणेशको मुर्ति स्थापनाका लागि घाटमा पूजा र मन्दिरबाट दियो बालेर लग्ने चलन रहिआएको समितिलाई थाहा हुदाँ हुदैँ सम्र्पक गर्दा फोन नउठाउने र तालमा सरसफाई सहितको व्यवस्थापन नहुदाँ सयौंको संख्यामा पुगेका भक्तजन आक्रोशित बनेका थिए ।
टिप्पणीहरू