Close sidebar
  • ताजा
  • लोकप्रिय
  • गणपति बप्पाको मुर्ति स्थापना गरेर नेपालगञ्जमा ‘गणेश चतुर्थी’ मनाईदैँ

    गणपति बप्पा

    २२ भदौ, बाँके । प्रत्येक वर्ष झै यस वर्ष पनि नेपालगञ्ज सहित देशभर गणेश चतुर्थी मनाईदैँछ ।

    भाद्र शुल्क चौथीमा पर्ने गणेश चतुर्थी विशेषत हिन्दू धर्मावलम्बीहरूले भगवान गणेशको पूजाअर्चना गरेर हर्षोल्लासका साथ गणेश भगवानको जन्मदिनको रूपमा मनाउने एक महत्वपूर्ण चाड हो ।

    Advertisement

    यस अवसरमा नेपालगञ्जका विभिन्न स्थानमा भगवान गणेश जीको मुर्ति स्थापना गरेर पूजाआराधना गरिदैँछ ।

    हिन्दु सनातनीहरू भगवान गणेशलाई ‘विघ्नहर्ता’ अर्थात् सबै बाधाहरू हटाउने देवताका साथै विद्या, वुद्धि, समृद्धि, र सौभाग्यका देवता पनि यिनै गणेशलाई नै मानिन्छ ।

    Advertisement

    मानिसहरूलाई आफ्नो जीवनमा आइपर्ने कुनै पनि समस्या, अवरोध वा नकारात्मक तत्त्वहरू हटाउन, नयाँ कार्यको सुरुआत गर्न, भगवानको कृपा द्वारा आशीर्वाद प्राप्त गर्न भगवान गणेशलाई पूजा गर्ने गरिन्छ ।

    गणेश चतुर्थीमा गरिएको भगवान गणेशको पूजा, निष्ठा, व्रत उपासना र तपको प्रभावद्वारा गणपति भगवानको आशीर्वाद प्राप्त हुने र जीवनमा सुख, शान्ति, र समृद्धि प्राप्त हुने जनविश्वास रहिआएको छ ।

    Advertisement

    यस दिन देखिने चन्द्रमामा दोष हुन्छ भनेर शास्त्रमा उल्लेख भएको हुनाले, त्यसैले चन्द्रमा हेर्न हुँदैन देखिहालियो भने केही सानोतिनो कुरा चोरेर त्यो दोष कटाउन सकिन्छ भन्ने जनविश्वास रहिआएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »