१० भदौ, काठमाडौँ । आज भाद्र कृष्ण अष्टमी । भगवान् श्रीकृष्णको जन्म दिन अर्थात कृष्ण जन्माष्टमी पर्व नेपाल अधिराज्यभर हिन्दु धर्मालम्बीहरूले भगवान् श्री कृष्णको पूजाआजा गरी छन् ।
कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ ।
Advertisement
धार्मिक ग्रन्थहरुमा दानव र आसूरी प्रवृतिको नास गरी मानव जातिको रक्षा गर्न विष्णुको आठौं अवतारको रुपमा मथुराको बन्दीगृहमा कृष्णको जन्म भएको शास्त्रमा उल्लेख छ । जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजन-कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू ब्रत बसी रातभर जाग्राम बस्ने चलन छ ।
आजको दिन धार्मिक प्रवचन, पूजापाठ तथा श्रीकृष्ण्को रथयात्रा गर्ने र झुला झुलाउने पनि गरिन्छ । दिनभर भक्तहरु उपवास बसी मध्यरातमा कृष्णको प्रतिमालाई पूजा गरी भजन कृतन गाउने गर्दछन् ।
Advertisement
कृष्ण भगवानको पूजा विशेषगरी कुमारी केटी तथा महिलाहरुले गर्ने गर्दछन् । कृष्णको आफ्नै मामा कंश जो राजा थियो । उसले गरेका अत्याचारले मानिसहरू आजित भएकाले उसलाई आफ्नै आठौं सन्तानको रूपमा जन्मने भान्जले मार्ने कुरा आकाशवाणी भएपछि कंशले आप्नै बहिनी देवकीलाई सुत्केरी हुने थाहा पाउंदासाथ बन्दी बनाउंथ्यो र जन्मने वित्तिकै पछारेर मार्न लगाउंथ्यो ।
तर कृष्णलाई भने मार्न सकेन । आफनै बन्दीखानाबाट कृष्णलाई बचाइयो र अन्तै लागियो । पछि कृष्णले नै कंशलाई मारेर जनतालाई मुक्ति दिलाए भन्ने कथा छ । खासगरी महाभारत युद्धमा कृष्णको विशेष भूमिका देखिन्छ ।
टिप्पणीहरू