Close sidebar
  • ताजा
  • लोकप्रिय
  • गेट सम्बन्धि प्रशासनको सर्कुलरले समाज तरंगित

    तस्बिर : सामाजिक सञ्जाल/गणेश चतुर्थी

    २५ भदौ, बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले स्थानीय तहलाई धार्मिक चाडपर्व संग सम्बन्धित गेटको विषयमा जारी गरेको सर्कुल प्रति हिन्दूवादीले आलोचना गरेका छन ।

    चाडपर्वमा गेट सम्बन्धि प्रशासनकाे निर्णय प्रति तपाईको विचार के छ ?

    Vote for your option

    जिल्ला प्रशासनले जिल्ला सुरक्षा समिति बाँकेको भदौ २० गतेको निर्णय सार्वजनिक गर्दै सार्वजनिक स्थान, बाटोमा बनाइने विभिन्न धार्मिक चाडपर्वसंग सम्बन्धित गेटहरु निर्माणको कारण नकारत्मक प्रभाव तथा धार्मिक द्वन्द निम्तिन सक्ने भन्दै सबै स्थानीय तहलाई सर्कुलर गरेको छ ।

    Advertisement

    सार्वजनिक स्थलमा निर्माण गरिएका विभिन्न धार्मिक चाडपर्वहरुसंग सम्बन्धित गेटहरुले सुरक्षा निकायहरुको समन्वय र सहयोगमा हटाउने व्यवस्था मिलाउन र साथै आगामी दिनहरुमा त्यस्ता संरचना कुनै पक्षबाट निर्माण गर्नु पर्नेमा पूर्व अनुमति लिने प्रशासनले व्यवस्था गरेको छ ।

    प्रशासनले गरेको उक्त निणर्य विरुद्ध यति बेला जनता आक्रोशित बनेका छन । गणेश चतुर्थीकै बेला प्रशासनको सर्कुलर गैर जिम्मेवारीपूर्ण भएको भन्दै चौतर्फी आलोचना भईरहेको छ ।

    Advertisement

    हिन्दूहरुको महान चाडपर्व नवदुर्गा पूजा र मुस्लिम समुदायको ठूलो पर्व मोहम्मद डे नजिकिदै गर्दा प्रशासनबाट गेटले द्वन्द बढ्ने ठोकुवाका साथ निणर्य बाहिर ल्याउनु आ-आफ्नो चाडपर्व पूर्ण स्वतन्त्रताका साथ मनाउन पाउने अधिकार माथि ठाडो हस्ताक्षेप र निरंकुशता लगाउनु स्विकार नगर्ने हिन्दूवादीले आवाज उठाएका छन ।

    सुरक्षा निकायको कार्य सुरक्षा प्रदान गर्ने भएपनि केहि समय यता धार्मिक सद्भावको विषयमा अति सम्बेदनशिल रहेको बाँके जिल्लामा यस्ता खाले निणर्यले उग्र रुप लिनसक्ने संकेत देखिएको छ ।

    Advertisement

    यतिबेला बाँकेमा धार्मिक सद्भाव कायम भएको बेला प्रशासनबाटै समुदाय बीच द्वन्द भड्काउने गतिविधि देखिएको छ ।

    गेट संग समुदायको पर्व मात्रै नभई पुरातनबाट चल्दै आएको संस्कृति र परम्परा समेत जोडिएको छ । त्यसका कारण उक्त निणर्य तत्काल सच्याउन वा खारेज गर्न चौतर्फी विरोध भईरहेको छ ।

    Advertisement

    हाल सम्म बाँकेमा गेटका कारण कुनै पनि द्वन्द भएको दखिदैन । सबै समुदायले आ-आफ्ना चाडपर्वको बेलामा नेपालगञ्जलाई सिंगार्ने गरेका छन । एकआर्काको चाडपर्वमा धार्मिक भाईचारा कायम नै छ ।

    विगतमा पनि प्रशासनकै कमिकम्जोरीका कारण सामाजिक सद्भावमा खलन देखिएको थियो । जसका कारण प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा समेत भएको थियो । जिल्ला अधिकारी फेरिएपनि गैरजिम्मेवारीपूर्ण निणर्य सार्वजनिक गर्ने रवैया भने उस्तै छ ।

    यो निणर्यले शान्त नेपालगञ्जमा सद्भावमा झनै फाटो ल्याउन सक्ने हिन्दूवादीको ठम्याई छ । सुरक्षा समिति र त्यसमा भएका सल्लाहकार प्रति यति बेला प्रश्न चिन्ह खडा भएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »