६ चैत्र, बाँके । वर्तमान राजनीतिक अवस्थाका कारण नेपाली जनता निरास र तनावमा रहको पुर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले बताएका छन । उनले देशको आर्थिक अवस्था नाजुक र लुटतन्त्र हावी बन्दै गएको बताए । देशव्यापी अभियानका क्रममा नेपालगञ्ज आएका महतोले पत्रकार सम्मेलनमा देशको आर्थिक स्थिति बारे चर्चा गर्दै युवा जनशक्ति हजारौंको संख्यामा विदेश पलायन भईरहेको बताए […]
६ चैत्र, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता बारे संसदीय छानबिन समितिको माग गरेको छ । सहकारी ठगीमा लामिछानेको संलग्नता नरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को जवाफ प्रति असन्तुष्ट कांग्रेसले संसदीय छानबिनको माग गरेको हो । मंगलवार प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले लामिछाने विरुद्ध यस्तो […]
२१ फाल्गुन, दैलेख । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरू बरुनाथ योगी र पार्वती विशुङ्खे नेकपा (एमाले)मा फर्किएका छन । उनीहरू सहित नेकपा एसका २५ जना नेताकार्यकर्ताहरू नेकपा (एमाले)मा फर्किएका एमालेले जनाएको छ । उनीहरूलाई आइतबार नेकपा (एमाले)का सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले स्वागत हुन । एमालेमा फर्किनेहरूमा केन्द्रीय सल्लाहकार कमिटी सदस्य केशरसिंह माझी, […]
२१ फाल्गुन, काठमाडौँ । नेकपा एमालेको आकस्मिक रुपमा सचिवालयको बैठक बसिरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहान ७ बजेदेखि बैठक जारी रहेको बुझिएको छ । एमालेको सचिवालय बैठक फाल्गुन २५ गते बस्ने तय भए पनि आकस्मिक रुपमा आजका लागि अह्वान गरिएको हो ।
२१ फाल्गुन, काठमाडौँ । सत्तारूढ गठबन्धनको आज बिहान आठ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक स्थगित भएको छ । समसामयिक परिस्थितिका लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको बैठक स्थगित भएको हो । विभिन्न विषयमा असहमति बढ्दै गएपछि सत्ता गठबन्धन फुट्ने संघारमा छ ।
१७ फाल्गुन, बाँके । बर्दियाको बढैयाताल गाँउपालिकाका शिक्षा शाखा प्रमुख विष्णु प्रसाद ढकाल माथि बुधबार भएको अभद्र व्यवाहार प्रतिको खेद प्रकट गर्दै उनले आफु माथि लगाइएको आरोप गलत रहेको बताएका छन । कानुनी रुपमा आफु बलियो रहेको हुनले चरित्रहत्या गर्ने र व्यक्तिगत प्रतिशोधको नियतले केही व्यक्तिहरुको समुहले अभद्र व्यवहार गरेको उनले स्पष्ट पारे । बुधबार […]
१६ फाल्गुन, काठमाडौँ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको लागि आयोगबाट मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम स्वीकृत भएको छ । यस कार्यक्रम अन्तर्गत फागुन २८ गते आयोगको वेवसाइटमा मतदाता नामावली प्रकाशन गरिनेछ । उक्त मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन, दोहोरो नाम हटाउन, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन […]
१६ फाल्गुन, बाँके । ई-रिक्सालाई एकद्धार प्राणली लागु गर्न माग गरिएको छ । नेपाल ई-रिक्सा उद्योग महासंघ तथा सञ्जाल नेपालगञ्जले मिडिया मार्फत सरकार समक्ष विभिन्न मागहरु प्रस्तुत गरेको छ । विभिन्न कारण शिक्षा प्राप्त गर्न नसकेका युवाहरुको लागि छाकटार्न सहारा बनेको ई-रिक्सालाई स्थानीय सरकारले व्यवस्थापनको नाममा विस्थापित गरेर उनीहरुको पेटमा लात हानेको महासंघको ठहर छ […]
१५ फाल्गुन, रामेछाप । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनताको बहुदलीय जनवादको मौलिक कार्यक्रमका कारण पार्टी जनताका बिचमा स्थापित भएको बताएका छन । नेकपा (एमाले) रामेछाप जिल्ला स्कुल विभागले मन्थलीमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको तेस्रो दिन सोमबार सहभागीहरूलाई प्रशिक्षण दिँदै महासचिव पोखरेलले पार्टीलाई थप बलियो बनाउन दक्षिणपन्थी अवसरवाद र सांगठानिक अराजकतालाई परास्त गर्नुपर्ने बताएका […]
११ फाल्गुन, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले जनयुद्ध दिवसको अवसरमा फागुन १ गतेको सार्वजनिक बिदा सर्वोच्च अदालतले खारेज गरे पनि भविष्यमा फेरि कायम हुने बताएका छन । बलिदानी दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले संक्रमणकालीन कानूनको कुरा टुंगिएपछि भविष्यमा फेरि जनयुद्ध दिवसको बिदा कार्यान्वयन हुने बताएका हुन । […]











