८ फाल्गुन, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। जसपाले फागुन १० गते बिहीबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरेको हो । पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो। बैठकमा केन्द्रीय नेताहरुलाई जिम्मेवारी बाँडफाँट गर्नेलगायतका विषयमा छलफल हुने बताइएको छ।
८ फाल्गुन, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी विरूद्धको आक्रमण रोक्नका लागि पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गरी निर्वाचनमा विजय हासिल गर्नुपर्ने बताएका छन । अध्यक्ष ओलीले नेकपा (एमाले)मा फर्किएका नेकपा एकीकृत समाजवादीका स्याङ्जा जिल्लाका नेता कार्यकर्ताहरूलाई सोमबार पार्टी कार्यालय, च्यासलमा स्वागत गर्दै पार्टीविरूद्ध लागेका शक्तिहरूसँग सङ्घर्ष गर्नुको विकल्प नभएको बताए […]
७ फाल्गुन, काठमाडौं । लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै पक्ष जिम्मेवार भएर अगाडी बढ्नुपर्ने सांसद भगबती चौधरीले जोड दिएकी छन् । ग्रामिण अर्थतन्त्रलाई चलायमान बनाउने, महिलाहरुमा वित्तीय पहुँच पुर्याउने तथा स्वाबलम्बन र उद्यमशिलतालाई अंगिकार गर्ने लघुवित्तको विकल्प नभएको जिकीर गर्दै सांसद चौधरीले लघुवित्त क्षेत्रमा भित्रिएका विक्रितिको अन्त्य गर्दै जानुपर्नेमा जोड दिएकी हुन् । […]
७ फाल्गुन, काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले महिला र पुरुषलाई समान हैसियतमा पुर्याउन आवश्यक रहेको बताए । विश्व सामाजिक फोरमः विश्व महिला सम्मेलनको सन्दर्भमा अखिल नेपाल महिला संघले आइतबार आयोजना गरेको ‘उत्प्रेरित राजनीतिः महिला प्रतिनिधि’ विषयक कार्यक्रमलाई राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै महासचिव पोखरेलले राजनीतिक सहभागिताले मात्र महिलाको सामाजिक स्तर माथि उठ्न नसक्ने बताए […]
७ फाल्गुन, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले एउटा पनि गतिलो काम गर्न नसकेको बताएका छन । आइतबार नेकपा (एमाले) कैलाली जिल्ला कमिटीको नवौँ अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार निकम्मा भएको बताए । प्रधानमन्त्रीले एउटा पनि देखाउन लायक काम नगरेको र सरकार निकम्मा भएकाले अब पनि केही काम […]
६ फाल्गुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव समाजवादी मोर्चाको संयोजकमा चयन भएका छन । मोर्चाको आइतबार बसेको बैठकले विप्लवलाई संयोजक बनाउने निर्णय गरेको नेकपा माओवादी केन्द्रका महासचिव एवं मोर्चाको सचिवालय सदस्य देव गुरुङले जानकारी दिए । यसअघि मोर्चाको संयोजक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल थिए । बैठकले बाँकी रहेका जिल्लामा समाजवादी […]
६ फाल्गुन, काठमाडौँ । ललितपुरको बालकुमारी घटनामा छानबिन समितिले बुझाएको प्रतिवेदन अध्यययन गरेर दोषीलाई कारबाही गरिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन । आज बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका छन । छानबिन समितिले प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको र आजमात्रै आफूले प्रतिवेदन बुझ्ने प्रधानमन्त्री प्रचण्डले बताए । उनले प्रतिवेदन अध्ययन […]
६ फाल्गुन, काठमाडौँ । नेपाली कांग्रेसका सांसद डाक्टर सुनिलकुमार शर्माले कांग्रेसको रुपान्तरण देखि जनमुखी सरकार सञ्चालन सम्मका महत्वपूर्ण प्रस्तावहरु सार्वजनिक गरेका छन् । फागुन ७ गतेदेखि हुन गइरहेको कांग्रेसको महासमिति बैठकका लागि सांसद शर्माले अप्राकृतिक गठबन्धन सरकारको अन्त्यदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीय पद्दतिका विषयहरु समेट्दै आफ्ना प्रस्तावहरु सार्वजनिक गरेका हुन् । अप्राकृतिक गठबन्धन सरकारको अन्त्य, […]
५ फाल्गुन, काठमाडौँ । बालकुमारी स्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयमा भएको घटनामा तीन जना दोषी भएको आयोगले निष्कर्ष निकालेको छ । गत पौष १३ गते युवाहरुले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा अछामका २१ वर्षिय वीरेन्द्र शाह र दैलेखका २३ वर्षीय सुजन रावतको ज्यान गएको थियो । छानबिन गर्न मन्त्रिपरिषद् बैठकले […]
१ फाल्गुन, काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन । जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले नेकपा (माओवादी) ले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी […]











