१७ फाल्गुन, बाँके । बर्दियाको बढैयाताल गाँउपालिकाका शिक्षा शाखा प्रमुख विष्णु प्रसाद ढकाल माथि बुधबार भएको अभद्र व्यवाहार प्रतिको खेद प्रकट गर्दै उनले आफु माथि लगाइएको आरोप गलत रहेको बताएका छन ।
कानुनी रुपमा आफु बलियो रहेको हुनले चरित्रहत्या गर्ने र व्यक्तिगत प्रतिशोधको नियतले केही व्यक्तिहरुको समुहले अभद्र व्यवहार गरेको उनले स्पष्ट पारे ।
Advertisement
बुधबार विहान घरबाट बढैयाताल गाउँपालिकाको कार्यालय आउदै गर्दा शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकाल माथि केही व्यक्तिहरुको समुहले मोटरसाईकल रोकेर अभद्र व्यवहार गरेका थिए ।
बढैयाताल गाउँपालिका बडा ३ भोलागौदी बजारमा पहिचान हुन नसकेका केहि व्यक्तिहरुबाट कालोमोसो दल्दै लछारपछार गरि अभद्र व्यबहार भएको गाँउपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले जानकारी गराए ।
Advertisement
‘राष्ट्रसेवक कर्मचारीहरुबाट कार्य सम्पादन क्रममा केहि कमजोरी भए कानूनी कारवाही गर्ने कानूनी व्यवस्था हुदाँ हुदैँ संघीयता माथि नै चुनौती दिदैँ कानुन हातमा लिने यस्ता गैर कानुनी क्रियाकलापको घोर भत्सर्ना गर्दछौं’ अध्यक्ष त्रिपाठीले भने ।
कानुनी उपाय हुदाँ हुदैँ एउटा कर्मचारीलाई बीच बाटोमा अभद्र गर्नु आफुपनि सजायको भागिदार रहेको हुनले गाँउपालिकाले सम्बन्धित सबै निकायहरु संग सुस्म रुपमा अनुसन्धान गर्न छलफल र माग गरिरहेको गाँउपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले बताए । कर्मचारी माथि परेको पिर मर्काको विषयमा सिंगो गाँउपालिका नै गम्भिर रहेको उनले जानकारी दिएका छन ।
Advertisement
उक्त घटनाको दोषीलाई तत्काल पक्राउ गरी कानुन बमोजिम कार्वाही नगरे सम्म गाँउपालिका तथा अन्तर्गत रहेका सम्पूणर् कार्यालयहरुबाट हुने अत्यावश्यक सेवा बाहेकका सम्पू्णर् सेवाहरु बुधबार देखी अनिश्चितकालीन बन्दको लागि कर्मचारीले अडान लिएका छन ।
गाँउपालिकाका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले घटनाको भत्सर्ना गर्दै दोषी उपर कडा कार्वाहीको माग गरेका छन । उनले भने, ‘यो अत्यन्तै दुखद निन्दनीय कार्य हो । कर्मचारीले गलत गरे कानुनी उपाय तथा कार्वाही गर्ने निकाय छ । हामी कर्मचारी आन्दोलित छौं । दोषी माथि कडा कार्वाहीको माग गर्दछौं ।’
Advertisement
पिडितले प्रहरी समक्ष जाहेरी दिईसकेको हुनले प्रमुख जिल्ला अधिकारी र ईलाका प्रहरी संग आवश्यक छानविनका लागि अनुरोध गरेको प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताए । उनले यो विषयलाई चाडै नै टुंगो लगाएर जनताको सेवा प्रवाहलाई सुचारु गर्न तर्फ लागिपरेको जानकारी गराएका छन ।
कर्मचारी माथि भएको घटना प्रति कार्यपालिका सम्वेदनशिल रहेको र साथै जनसेवालाई अवरोध नगरिदिनको लागि आन्दोलित कर्मचारीहरु संग समन्वय गरिरहेको बढैयाताल गाँउपालिका कार्यपालिका सदस्य शुक्रराज सापकोटाले जानकारी दिए ।
उक्त घटना लगत्तै समाजिक सञ्जाल फेसबुकमा ‘बर्दियाको बढैयाताल गाँउपालिका शिक्षा शाखा प्रमुख बिष्णु प्रसकाद ढकाललाई जानकार्वाही किन ?’ पोष्ट भएको थियो । जसमा ९ वटा कारण देखाइएको छ ।
उक्त आरोपको विषयमा शिक्षा शाखा प्रमुख ढकालले नाईल खबरलाई जानकारी गराउदैँ भने, ‘शिक्षा शाखाले प्रदान गर्ने, सिफारिस गर्ने शिक्षा समितिको निणर्य गरेर गएको छ ।’ उनले आफ्नो व्यक्तिगत निणर्य भएर एउटा पनि बजेट नगएको विषयमा पुष्टी समेत गर्न सक्ने दावी गरे ।
उक्त समितिमा गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रशासकीय अधिकृत सहित १७ जना रहेको उनले नाईल खबरको प्रश्नमा जानकारी गराए । यस समितिले निणर्य गरेर मात्रै बजेट प्रदान गर्ने गरेको आफुसंग प्रमाण रहेको उनले बताए ।
अडिटरको विषयमा जानकारी गराउदैँ उनले यस अघि रहेका प्रशासकीय अधिकृतले खटाएको जानकारी गराए । उनले भने, ‘अधिकृत ज्यूले निणर्य गरेर अडिटरको आशय पत्र माग्नुभयो । जसमा १२ जनाको आशय पत्र प्राप्त भएको थियो । ती १२ जनालाई विद्यालयहरुमा एउटा मावि, एउटा निमावि र एउटा प्रावि त्यो पनि प्रमुख प्रशासकीय अधिकृत संयोजक, लेखा, आलेप, प्रशासन अनि म शिक्षा यो समितिले ती सबै विद्यालयलाई बराबर गर्ने तरिकाले बाढिएको छ । त्यो छनोट समितिको संयोजक नै प्रमुख प्रशासकीय अधिकृत छ ।’
उनले विद्यालय माथि अडिटरको आर्थिक भारको विषयमा उनीहरुको मापदण्ड अनुसार दिने र आफु पठाईदिने मात्रै भएको बताए ।
उनले आईसिटीको विषयमा खुल्ला गरिएको बताए । उनले भने, ‘खुल्ला रुपमा क्वाटेशन माग गरेर पत्रिका मार्फत माग गरिएको हो । क्वाटेशन खोल्ने बेलामा पनि शाखाबाट कर्मचारी पठाएर हाम्रो मतहातमा शिल खेलेछ । त्यसैले ती आरोपहरु निआधार हुन ।’
उनले थप भने, ‘प्रमाणहिन आरोप हुन । व्यक्तिगत रिसिवीका कारणले मेरो चरित्रहत्या गर्ने प्रयास गरिएको हो ।’
उनले करार शिक्षकको विषयमा उनले भने, ‘विद्यालयले विज्ञापन गर्छ । शिक्षक छनोट समितिमा विद्यालयको अध्यक्ष संयोजक, प्रधानध्यापक सचिव र हाम्रो शाखाबाट एक जना प्रतिनिधिले विषयगत सूचीबाट गोलाप्रथाबाट छानेर नियुक्त गर्नुहुन्छ ।’
विद्यालय व्यवस्थापन समितिलाई संघीय ऐनले दिएको अधिकार एउटा अधिकृतले विधिको शासन, प्रक्रियाम कति सम्म गर्नसक्ने भन्दै आफुप्रतिको आरोप फिजुलका रहेको बताए ।
शिक्षकलाई चित्त नबुझेका कुराहरु पेश गर्न पाउनुपर्ने र आफुपनि स्वत ग्रहण गरेको शिक्षा प्रमुखले बताए । छलफल गर्ने वातावरण नबनाईकोले बाहिर बाहिर राजनीतिक दल तर्फ लगेको जिकिर गरे ।
आफु कमिशन खाएको भए कार्वाही गर्ने तमाम निकाय अख्तियार पनि रहेको हुदाँ हुदैँ विधिको शासन प्रयोग नगरेर चरित्रहत्या गर्ने प्रयास गरिको प्रति उनी आपत्ति जनाए ।
उक्त घटनामा नेकपा क्रान्तिकारीको भात्री सगठन अखिल (क्रान्तिकारी) ०६ नम्बर प्रदेश समिति (कणर्ाली) जिम्मेवार बताइए पनि संगठनको आधिकारिक जिम्मेवार व्यक्त अगाडि आएको देखिएको छैन ।
प्रहरीले यस घटनाको अनुसन्धानलाई गम्भिर रुपमा अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक प्रविण धितालले जानकारी गराए । पिडितले कुनैपनि व्यक्तिलाई पहिचान गर्न नसकेको अवस्था रहेकोले अनुसन्धानबाट पहिचान हुन साथ कार्वाहीको दायरामा ल्याउने आश्वासन दिएका छन ।
टिप्पणीहरू