Close sidebar
  • ताजा
  • लोकप्रिय
  • जनयुद्ध दिवसमा सर्वोच्चले सार्वजनिक बिदा खारेज गरे पनि भविष्यमा कायम हुन्छः प्रचण्ड

    फाइल तस्बिर

    ११ फाल्गुन, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले जनयुद्ध दिवसको अवसरमा फागुन १ गतेको सार्वजनिक बिदा सर्वोच्च अदालतले खारेज गरे पनि भविष्यमा फेरि कायम हुने बताएका छन ।

    बलिदानी दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले संक्रमणकालीन कानूनको कुरा टुंगिएपछि भविष्यमा फेरि जनयुद्ध दिवसको बिदा कार्यान्वयन हुने बताएका हुन ।

    Advertisement

    ‘जनयुद्ध दिवसलाई राज्यको तर्फबाट सम्बोधन गरेको थिएँ, सरकारको क्यालेन्डरमा बिदा समावेश गरेको थिएँ । सर्वोच्च अदालतले शान्ति प्रक्रिया नटुंगिएको भनेको छ, अदालतको कुरालाई कमेन्ट गरेका छौनौं, प्रधानमन्त्री भएकोले मैले गर्न मिलेन’, प्रचण्डले भने, ‘तर पनि हामीले जनयुद्ध दिवस मनाइराखेका छौ । संक्रमणकालीन कुरा टुंगिएपछि बिदा फेरि हुन्छ भन्ने विश्वास छ ।’

    प्रचण्डले सत्य निरुपण र बेपत्तासम्बन्धी काम नटुंगिएका कारण घाइतेले पाउनु पर्ने परिपूरण पाउन नसकेको बताए । ‘संक्रमणकालीन कानूनसम्बन्धी विधेयक ५ दिनभित्र समितिबाट टुंगो लाग्छ । पारित भएपछि शहीद र बेपत्ता गरेको कामको सम्मान हुनेछ’, उनले भने ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »