दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ । दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्दछ । तीजको दिन निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने चलन चलेको बताइन्छ ।
समारोहमा गृहसचिव दुवाडीले विभिन्न विधामा उत्कृष्ट भूमिका निर्वाह गर्ने महिला प्रहरी कर्मचारीहरू, सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्याउनु हुने महानुभाव तथा विभिन्न संघसंस्थाहरूलाई कदरपत्र, पुरस्कार एवम् प्रशंसापत्र प्रदान गरेका छन् ।
बैठकले ढुंगा, गिट्टी, बालुवाबाट प्राप्त राजस्व बाँडफाँटमा प्रदेशको हिस्सा सुनिश्चित गर्न संघीय ऐनमै स्पष्ट प्रावधान ल्याउनुपर्ने, प्रदेश राजमार्ग तथा सडकको अधिकार क्षेत्रमा रहेका विद्युत पोल हटाउने विषयमा विद्युत प्राधिकरणले नै खर्च व्यहोर्नुपर्ने, समान प्रकृतिका कामका लागि समानान्तर कार्यालयहरूलाई खारेज गरी खर्च कटौती गर्नुपर्ने, कृषि संरचना तथा उपकरणमा न्यूनतम प्राविधिक मापदण्ड तयार गर्नुपर्ने लगायतका विषयमा नीतिगत व्यवस्था गर्न आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
प्रतियोगितामा सहभागि आशा परियारले लेखेको ड्यूटीमै बित्छ प्रहरी महिलाको तीज शिर्षकको लेख द्वितीय भएको छ । यस्तै, शिवानी बिकले लेखेको त्यसपछि फेरि कल्यिै तीज आएन शोभालाई शिर्षकको लेख तृतीय भएको छ । प्रतियोगितामा सहभागि भएका सात जनामध्ये आरती कट्टेल, निर्मला चौधरी, अछरी पोखरेल र शान्ति सुनार सान्त्वना भएका हुन ।
५ भदौ, बाँके । तीजको परम्परागत संस्कृतिलाई जगेर्ना गर्न मौलिक तीज गित प्रतियोगिताले महत्वपुर्ण भूमिका खेल्ने आज नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । क्रियाशिल पत्रकार महिला बाँकेको आयोजनामा आज नेपालगञ्जमा सम्पन्न तीज मिलन कार्यक्रम अर्न्तगत मौलिक तीज गित प्रतियोगिताका सहभागिहरुले यस्तो विषयमा जोड दिएका हुन । क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीको […]
आर्थिक वर्ष २०८१/८२ मा घरधुरी सर्वेक्षणमार्फत १६ देखि २३ महिनासम्मका ७० हजार ५१८ बालबालिकालाई १५ महिनाभित्र पाउनु पर्ने सबै खोप प्राप्त भएको सुनिश्चित गरिएको छ । यस क्रममा शून्य डोज भएका ६९ र खोप छुट भएका २ हजार ३ सय ८७ बालबालिकालाई खोजी गरी खोप लगाइएको थियो ।
थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकको रूपमा मान्दै आएका छन् । पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ । कुशे औंसीपछिको पहिलो आइतबार यो पर्व मनाउने गरिन्छ ।
नेपालगञ्ज उपमहानगरपालिका अर्न्तगत वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकका बारे अभिमुखीकरण गरिएको छ । १९औं राष्ट्रिय सूचना दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले सुचना अधिकारीलाई सूचनाको हकका बारेमा बुधबार जानकारी गराएको हो ।
प्रतिनिधि सभा नियमावली बमोजिम प्रत्येक महिनाको पहिलो साता प्रतिनिधिसभामा प्रधानमन्त्री सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने व्यवस्था छ ।
२०८१ चैत १७ गते बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले स्थापना दिवस तथा सहित दिवसको अवसरमा कर्णाली प्रदेशका सरकारी तथा सार्वजनिक संघसंस्था सबैमा सार्वजनिक बिदा दिने निर्णय गरेको का प्रवक्ता उत्तम गौतमले जानकारी दिए ।










