Close sidebar
  • ताजा
  • लोकप्रिय
  • कृषि मलको व्यवस्थापन गर्न निर्देशन

    २७ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि मल व्यवस्थापन र उत्पादन वृद्धि गर्न निर्देशन दिएका छन् ।

    सिंहदरबारमा आज कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी सहित सम्बन्ध अधिकारी सँग छलफल पछि प्रधानमन्त्री ओलीले तीन दिनभित्र सम्पादन गर्ने गरी बारे तीन बुँदे निर्देशन दिएका हुन ।

    Advertisement

    प्रधानमन्त्री ओलीले रासायनिक मल आपूर्तिको व्यवस्था चुस्त दुरुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना ल्याउनुपर्ने निर्देशन दिए ।

    यस्तै, कम्पोष्ट र अर्गानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सञ्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव ल्याउन र माटोको उर्बरता बचाउने किसिमको रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका ल्याउनु प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    1

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »